अमेरिकामा देउसी–भैलो को बोहनी डिसी नेपाली राजदुताबासबाट

इनेप्लिज २०७३ कार्तिक १३ गते १६:३८ मा प्रकाशित

necc-7अमेरिकाको डीसी महानगर क्षेत्रको मेरिल्याण्ड स्थित नेपाल शिक्षा तथा सांस्कृतिक केन्द्र (एनईसिसि) को अगुवाईमा देउसी भैलो कार्यक्रम-२०१६ को बोहनी वाशिंगटन स्थित नेपाली राजदुताबासबाट गरेको छ l

यस भेकका बिभिन्न स्थानमा अग्रिम सूचना दिएर निस्केको नेपाल शिक्षा तथा सांस्कृतिक केन्द्रको टोलिले प्रथम पटक नेपाली राजदुताबासमा देउसी भैलो खेलेको छ l नेपाल शिक्षा तथा सांस्कृतिक केन्द्र टोलीको नेतृत्व सभापति खिलेन्द्र न्यौपानेले गरेका थिए भने डीसी महानगर क्षेत्रका झन्डै एक दर्जन स्थानमा देउसी खेल्ने योजना सहित टोलि निस्केको छ l

necc-4

आफ्नो परम्परा र सांस्कृतिक मार्फत नेपाल र नेपालीको पहिचान कायम राख्दै नेपाली समुदायलाई उपस्थितिको लागि आब्हान गरिदा स्व-स्फूर्त रूपमा पुरुष ,महिला ,कलाकार तथा युवायुवती देउसी भैलो खेल्न उक्त टोलिलाई साथ दिएका छन् l

देउसी भैलोको लागि संचारकर्मी परशु तिमिल्शिनाले भट्याउदा अरुले साथ दिएका थिए भने महिलाहरुले पनि भैलो गीत सामुहिक रुपमा गएका थिए l देउसी भैलो गीत बाहेक अन्य नेपाली गीतमा नाचगान पनि गरेका थिए l

necc-12

कार्यक्रममा राजदुत अर्जुन कुमार कार्की( बिद्या वारिधि ) ले केहि व्यक्तिहरुलाई मखमली फूलको माला लगाई सम्मान गरेका थिए l कार्यक्रमको समन्वय गरि रहेका परशुराम भण्डारीले नेपाल शिक्षा तथा सांस्कृतिक केन्द्रको देउसी भैलो कार्यक्रम यो बर्ष समेत तेश्रो बर्ष खेलेको जानकारी गराएका थिए l

देउसी भैलो टोलिले नेपाली राजदुताबासलाई आशिक दिएका थिए भने राजदुताबासले नेपाली सेलरोटी को साथै सम्मान स्वरुप बन्दि खाममा दक्षिणा प्रदान गरेको थियो l देउसी नेपालको पुरानो लोक संस्कृति हो l देउसी नेपाली समुदायले मात्र खेल्दछन l पुरुषहरु नेपाली पोशाक ,नेपाली टोपी तथा महिलाहरु फरिया साथ छड्के तिलहरी सहित उपस्थित भएका थिए l

necc-10 necc-8 necc-6 necc-5 necc-1 necc-2 necc-3

प्रतिक्रिया