चलचित्र परदेशीको उमंगले दर्शक हरुलाई रुवायो सबै चलचित्र भवन हाउसफुल

इनेप्लिज २०७३ कार्तिक १३ गते ११:३१ मा प्रकाशित

13494845_1634292613556118_5514658097733695529_n

काठमाडौं । चलचित्र परदेशीको ‘उमंगले दर्शकहरुलाई रुवाएको छ भने सम्पूर्ण राजधानी र राजधानी बाहिर मोफसलमा रहेका चलचित्र भवनहरु हाउसफुलभएका छन l ग्रामिण परिवारको एक युबक कसरि आफ्नो भबिष्य निर्माण गर्न शहर हुदै खाडी मुलुकमा पुगेर संघर्ष गर्छ आफ्नो घर परिवारको चाहना पुरागर्न, अनि कस्तो कस्तो दुख पिडा भोग्दै नेपालीहरु खाडी मुलुक परदेशमा आफ्नो दुखका दिनहरु कटाइरहेका हुन्छन भन्ने कुरालाइ चलचित्र मार्फत देखाउनखोजिएको चलचित्र नेपालीहरुको यथार्थता बाध्यता र पीडालाई चलचित्रले प्रस्तुत गरेको छ  l चलचित्रको कथा बस्तु देखि गित, संगीत,, नृत्य र अभिनय सबैपक्ष सबल छन भने यथार्थ परक चलचित्र बनेको हुदा पनि चलचित्र उमंग हेर्नलाई दर्शक हरुको भिड जम्मा भएको छ l

14813279_1097571376979298_938975008_o

 दिपावलीको सुरु संगै देश भरका चलचित्र भवनहरुमा प्रदर्शन भएको चलचित्र परदेशीको उमंग हिजो शुक्रबार काग तिहार बाट देश भरका सिनेमा भवनमाभब्यताको साथ प्रदर्शन सुरु भएको हो l  विदेशिनु बाध्यता बनेको नेपाली समाजमा विदेशिनुको पीडालाई पर्दामा उतारिएको फरकधारको चलचित्र उमंगशुक्रबार १२ कार्तिक बाट प्रदर्शन भएको हो ।

14858725_1097571573645945_816590675_o

धन कमाउने सुन्दर सपना बोकेर विदेशिनु बाध्य नेपाली युवायुवतीको कथालाई समेटेर बनाइएको कथाले पीडाहरूलाई उजागर गरेको फिल्मका निर्देशकशिव शर्माले बताए । शिव शर्माको यो डेब्यु निर्देशन हो । निर्देशक शर्माले फिल्मको पात्रहरूले कथालाई भरपुर न्याय दिलाएको भन्दै यसले कुनै पनि मानेमादर्शकको मन जित्ने बताए त्यहि कारणले  गर्दा अहिले चलचित्रले दर्शक हरुको मन जित्दै गएकोमा उनि खुसि पनि छन ।

सगरमाथा फिल्मसको प्रस्तुतिमा कुमार बिसीले निर्माण गरेको चलचित्र परदेशीको ‘उमंग’मा रहेको कथाले हेरक दर्शकहरुको मन छुने तथा यथार्थमाआधारित बहु प्रतिक्षित चलचित्र भएको कारणले गर्दा पनि चलचित्रप्रेमी हरुको रोजाईमा पर्दै गएको छ l

14881770_1097571593645943_717751354_o

हिजो कार्तिक १२ गते शुक्रबार देखि प्रदर्शन सुरु भएको चलचित्र हेर्ने सबै दर्शकले एउटा राम्रो नेपाली चलचित्र बनेको प्रतिक्रिया दिएका थिए भने धेरै पछिएक यथार्थ परक चलचित्र हेर्न पाएकोमा खुसि पनि ब्यक्त गरे । निर्देशक शर्माका अनुसार उमंगलाई एउटा पृथक नेपाली चलचित्र बनाउने कोशिस गरिएकाकारण सबै दर्शकहरूको मन जितेको छ ।

नेपालमा रोजगारी नपाएर विदेश पलायन भएको युवा वर्गको कथालाई समेटेर बनाइएको चलचित्रमा आफ्नै कथा समेटिएको निर्माता तथा नायक कुमारजिसीले बताए । उनले भने आफु विदेशमा रहँदा भोगेको र देखेको विषयनै कथाको मुख्य सार भएकाले ‘परदेशीको उमंग’ यथार्थ घटनामा आधारित चलचित्रभने पनि फरक नपर्ने बताए ।

चलचित्र उमंगमा बिनिता बराल, कुमार बि . सी, सि .पि .पौडेल ,राम बाबू रेग्मी, शिला श्रेष्ठ,रुपेश सुवेदी, राम थापा, उमेश कुमार के .सी , लगायतको अभिनयरहेको छ ।बसन्त अधिकारीको मुख्य सहायक निर्देशन रहेको चलचित्रमा संगीत अर्जुन पोख्रेल र बि. बि . अनुरागी , द्वन्द कुमार महर्जन , सम्पादन अर्जुन जि. शि.तथा VFX अक्कि शर्मा को रहेको छ । रबिन्द्र बराल छायांकार रहेको फिल्मको कथाकार कुमार बि .सी हुन, आफू बिदेशमा बसेर बिदेशको दुख कष्टभोगेको र सोही बिषय बस्तुलाइ चलचित्रको कथा बनाएका कुमार बि.सी. नै चलचित्रका निर्माता हुन ।

प्रतिक्रिया