‘मधेसका असहमतिलाई सहमतिबाट संशोधन गर्न काँग्रेस क्रियाशील’

इनेप्लिज २०७३ कार्तिक १२ गते १३:५२ मा प्रकाशित

skबर्दिवास, १२ कात्तिक । नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले संविधानप्रतिका असन्तुष्टिको संशोधनबाट सम्बोधन गरिनासाथ कार्यान्वयनको मुख्य चरण प्रारम्भ हुने स्पष्ट पार्नुभएको छ ।

काँग्रेस महोत्तरीको १ नं क्षेत्रीय समितिले बर्दिवास–६ कालापानीमा आयोजना गरेको दसैँ, तिहार, छठ र मुहर्रम पर्वको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै नेता डा कोइरालाले मुलुकको संविधान लोकतान्त्रिक विधि र प्रक्रियाबाट घोषणा गरिएझैँ मधेसका केही असहमतिलाई पनि सहमतिकै माध्यमले संशोधन गर्न आफ्नो दल क्रियाशील रहेको बताउनुभयो ।

संविधानलाई सर्वस्वीकार्य बनाएर तत्काल निर्वाचनमा जानुपर्ने भएकाले त्यसको तयारीमा रहन कोइरालाले पार्टी कार्यकर्तालाई निर्देशन पनि दिनुभयो । महाभियोग प्रस्ताव अब संसद्को विधि र प्रक्रियाबाटै टुङ्गिने पनि उहाँले बताउनुभयो ।

प्रतिक्रिया