“रक्षा मन्त्री खॉणलाई पेरिसमा एनआरएनए को स्वागत”

इनेप्लिज २०७३ कार्तिक १२ गते १०:३५ मा प्रकाशित

peris-1

सुर्वण हमाल ,पेरिस फ्रान्स-सरकारी काममा फ्रान्सको राजधानी पेरिस आईपुग्नभएका नेपालका रक्षा मन्त्री माननिय बालकृष्णा खॉण र उहॉको भ्रमण दललाई गैर आवसिय नेपाली संघ राष्ट्रीय समन्वय परिंषद फ्रान्सले यहि २६ अक्टोबर २०१६ तारिख एक दिवाभोज आयोजना गरेर स्वागत गरेको थियो । स्वागत दिवा भोज पेरिसको सगरमाथा नेपाली रेस्टोरेंटमा आयोजना गरिएको थियो ।

मन्त्री स्तरका उच्च व्यक्तिहरू आउंदा समय मिले सम्म नेपाली समुदाय संग भेटघाट गरेर देशको समसामयिक वस्तु स्थितिको जानकारी लिने र यहॉको नेपाली जनजीवनका दु:ख सु:ख उघ्धोक व्यवसायको जानकारी गराउने परम्परा संघले धेरै वर्ष पहिलेदेखि नै अबलम्बन गर्दै आएको छ ।

स्वागत एवं भेटघाट कार्यक्रममा संघका अध्यक्ष भक्त वाग्लेले माननिय मन्त्री ज्युलाई फूलको गुच्छा दिंदैं सबै अतिथिहरूको स्वागत गर्नु भएको थियो । कार्यक्रम मा नेपाल देखि पाल्नभएका अतिथिहरू र नेपाली राजदूतवास पेरिस फ्रान्सका नियोग उप प्रमुख राम बाबु ढकाल, संघ का प्रमुख संरक्षक हरिहर अर्याल, भु पु अध्यक्ष निर्मल अर्याल, संघका वरिष्ट उपाध्यक्ष सुर्वण बिक्रम हमाल , माहासचिव नरेन्द्र शाही ठकुरी, सचिव शिव पराजुली(कृष्ण) , युवा प्रतिनिधि प्रविन सापकोटा, सदस्य किरण के.सी. लगाएयतका दुई दर्जन जतिको सहभागीता रहेको थियो ।

peris-2

भेटघाटमा उपस्थित सबै सहभागीहरूले फ्रान्स र नेपाल दुबै देशको बारेमा आ-आफ्ना जिज्ञासाहरू राखेका थिए । मन्त्री खॉण ज्युले मैन्त्रीपूर्ण ढंगले सबै जिज्ञासाहरूको ब्याख्या र विश्लेषण गर्नु भएको थियो ।

गैरआवसिय नेपाली संघका पदाधिकारीहरूले भूकम्प पिडित नेपालीहरूको मर्का चाडै समाधान गर्न र कुनै पनि हालतमा संविधान कार्यान्वयन गर्न सुझाव दिंदै आग्रह गरेका थिए , भने हामी गैरआवसिय नेपालीहरू देशको लागी जस्तोसुकै सहयोग पनि गर्न हिजोका दिनमा गर्दै आएको र निरन्तर सहयोग गर्ने विश्वास दिलाईएको थियो । यसरी क़रीब ३ घण्टाको समय पछि दिवाभोज, स्वागत तथा अन्तर्कृया कार्यक्रम समापन भएको थियो ।

प्रतिक्रिया