मायाको बाहाना खोज्दै गायिका मेलिना

इनेप्लिज २०७३ कार्तिक ११ गते २१:१९ मा प्रकाशित
photoh
लन्डन् ,कार्तिक,११ । गीतकार तथा संगीतकार उत्तम जंग लिम्बुको रचना मायाप्रेममा आधरीत ‘लेकमा फुल्ने लाली गुराँश’ बोलको म्युजिक भिडियो गायिका मेलिना राईले आफ्नो सामाजिक संन्जाल युटुब मार्फत सार्वजनिक गरेकी छन् ।
 
गीतकार उत्तम लिम्बुको मायाप्रेममा सजिएको रचनालाई चर्चित गायिका मेलिना राईले मधुर स्वर दिएकी छन् । एउटा  सुन्दर जवानीलाई हरेक उपमाले नामकरण  गदै कहिले लेकमा फुल्ने लाली गुराँश त कहिले जाइ जुइ चमेली जस्ता सुन्दर विम्बहरुले मिठो  माया र सम्वोधनको भाव उत्तम जंग लिम्बुले प्रस्तुत गीतमा झल्काएका छन् ।
 
नायिका रिश्मा गुरुङ र गम्भिर बिष्ट  अभिनीत भिडियोमा गायिका मेलिना राईको फिचरीङ रहेको छ  ।  सान थापाद्वारा  निर्देशित ‘मेलिना’ एल्वमको यस गीतलाई फनिन्द्र राईले एरेन्ज गरेका छन ।
 
साङ्गीतिक क्षेत्रमा छुट्टै आवाज लिएर आईरहेकी साथै आधुनिक परिबेशमा नेपाली साङ्गीतिक आकाशमा उडीरहेकी मेलिना राईले नेपाली फिल्म नाई नभन्नु ल ३ कोे गीतले साङ्गीतिक लोकप्रियता हासिल गरिसकेकी छन । वि. स. २०६५ सालमा रेडियो नेपालद्वारा आयोजित राष्ट्रिय प्रतियोगितामा गीतकार  भुपाल राई र संगीतकार  डाक्टर किराँतको ‘सुनको केश धोए सुनकोशीमा, दुधको मुख धोए दुधकोशीमा,तर दुई किनार झै धीत खोलेर, भित्री मन धुने कुन कोशीमा’ गितहरु लिएर उनले पहिलो एल्बम ‘बहार’ बाट चर्चामा आईकी हुन । 
mm
 
हेर्दा जति चंचल देखिए पनि वास्तबमा घरको अनुशासन र बुबाको मार्गदर्शनमा संगीतको शिक्षा सानो उमेर बाटै सुरुवात गरेकी हुन् । कलिलो उमेर १२ बर्षकी हुदै उनले बुबा जिबेश राईको शव्द रचना र संगीतमा ‘हिमालको काखमा छ यति सुन्दर देश’ बोलको राष्ट्रिय गीत रेकर्ड गरेकी थिईन । जुन गीत नेपाली आम स्रोताहरुको मन मुटुमा बस्न सफल भएको थियो । स्रोता दर्शकहरुको प्रेरणाले मेलिनालाई आज सम्म पनि नेपाली सांगीतिक आकाशमा पछाडि फर्किनु परेको छैन । 
 
आकाशमा करोडौ ताराहरुको बिचमा एउटा ध्रुब तारा जति चम्किलो हुन्छ,उसै गरी, सयौ गायिका मध्येकी एक गायिका हुन् मेलिना राई । मेलिना राई, आज नेपालको सबै भन्दा ब्यस्त गायिका हुन् । प्रेम र बिबाह भन्दा, आफ्नो करियरलाइ प्राथमिकता दिइरहेकी राईले त्रिभुवन विश्व विद्यालयबाट अंग्रेजी  विषयमा स्नातक  गरी सकेकी छन् । सांगीतिक यात्रा सगै स्नातकोत्तरको अध्ययन पनि अघि बढाउने उनले बताईन । 
 
नेपाल फिल्मी उद्योगका पाश्र्व गायनमा जादुमय स्वर सजिएको फिल्म ‘नाई नभन्नु ल ३’ को ‘कम्मर माथी पटुकी’ बोलको गीतले उनलाई सांगीतिक रंगमञ्चको उच्च शिखरमा पुर्यायो  । पछिल्लो समय नेपाली फिल्म ‘क्लासिक’को ‘प्रकृतिको सुन्दर’ बोलको गीतले उनलाई थप उचाई प्रदान गरेको छ । 
 
नेपाली फिल्म उद्योगमा पाश्र्व गायनमा उनको सम्भावना झन् दरिलो हुदै गएकोे छ । उनले गाएक नेपाली फिल्मी हाऊ फन्नीको ‘शिरैमा शीरबन्दी’, नोभेम्बर रेनको ‘पल भरमै खुसी’ , नाईकेको ‘लोभी भमरा’ , पुन्टे परेडको ‘डुब्दै गएं म’ र   ‘तिमीले बाटो फेर्यौ अरे’ जस्ता दर्जनौ गीतहरुले दर्शक श्रोताको मन जित्न सफल गायिका  मेलीना अहिले स्वदेश तथा विदेशका स्टेज कार्यक्रमहरुमा व्यस्त रहेकी छिन् ।
LEKA FULNE ( Full Video ) – Melina Rai – Feat R…
 

प्रतिक्रिया