गैर आवासिय नेपाली संघ बेल्जियमको वार्षिक साधारण सभा भब्य रुपमा सम्पन्न

इनेप्लिज २०७३ कार्तिक ९ गते ०:४५ मा प्रकाशित
14793780_10209592331979422_1322612300_n
स्वीटजरल्याण्ड । गैर आवासिय नेपाली संघ बेल्जियमको ११औ वार्षिक साधारण सभा गत २३ अक्टोबर २०१६ का दिन बेल्जियमको लुभेन शहरमा सम्पन्न भएको छ ।
14797431_10209592334739491_244072098_n
वार्षिक साधारण सभा उद्घाटन र बन्द सत्र गरी सम्पन्न भएको छ । कार्यक्रमको प्रमुख अतिथीमा नेपाली दुताबास ब्रसेल्सका का.वा राजदुत श्री घनश्याम भण्डारी, बिशिष्ट अतिथी गैर आबासिय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदका केन्द्रिय उपाध्यक्ष कुमार पन्त लगायत केन्द्रिय समितिका पदाधिकारीहरु, सल्लाहकार, केन्द्रिय सदस्य ज्युहरु, संस्थापक अध्यक्ष ज्यु, पूर्व तथा निबर्तमान अध्यक्ष ज्यु, बेल्जियम स्थित सम्पूर्ण नेपाली संघ सस्थाका अध्यक्ष ज्यु तथा प्रतिनिधिहरु, पत्रकार मित्रहरु, कलाकार भाई-बहिनिहरुलगायत बेल्जियमबासी गैर आवासीय नेपाली दाजुभाइ दिदिबहिनीहरु को बाक्लो उपस्थिति रहेको थियो ।
14800757_10209592328619338_1539906552_n
गैर आबासिय नेपाली संघ बेल्जियमका सम्पूर्ण पंजीकृत सदस्यहरुले संस्थाले बर्ष भरी गरेको कार्य प्रगती प्रतिबेदन, आर्थिक प्रगती प्रतिबेदन, महिला संयोजक बाट प्रस्तुत प्रतिबेदन र बिधान मस्यौदा समितिबाट प्रस्तुत बिधानलाई केन्द्रिय बिधानको मुल आधारमा रही बेल्जियमको आन्तरिक संस्था संचालनको लागि तयार गरीएको बिधान लगायत समितिले बर्ष भरी गरेका सम्पूर्ण बैठक, भेला र छलफल बाट गरिएका सम्पूर्ण निर्णयहरुलाई पारीत गरिएको छ ।
14805534_10209592332219428_155790383_n
साथै केहि सामजिक संजालमा र अनलाईन समचारमा संस्थामा भएको छलफलहरुलाई बिवाद भनि गरिएको प्रचारमा सत्यता नभएकोमा पनि सचेत रहन अनुरोध गर्दै संघका अध्यक्ष गंगाधर गौतम र महासचिब लोक दाहालद्वारा जारि बिज्ञप्ति मार्फत जनाएका छन् । साथै एसेन्टा मेलाको प्रतिवेदनलाई भेलाले निर्देसन गरे अनुसार गैर आवासीय नेपाली संघ बेल्जियम संग सुरक्षित रहेको र बाहिर आएको प्रतिवेदन आधिकारीक नभएको बिषयमा ध्यनाकर्षण गराउदै भ्रममा नपर्न हुन गैर आवासीय नेपाली संघ बेल्जियम ले अनुरोध गरेको छ ।
14825659_10209592335179502_286899995_n 14826297_10209592318739091_1032288069_n 14826398_10209592329699365_934532177_n

प्रतिक्रिया