काठमाडौं, ७ कात्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध महाअभियोगको प्रस्ताव ल्याउने नेकपा माओवादी केन्द्रका सांसद महेन्द्र बहादुर शाहीलाई ज्यान मार्ने धम्की आएको छ ।
आइतबार सञ्चारकर्मीसँग कुरा गर्दै सांसद शाहीले आफूलाई लोकमानका समर्थकले ज्यान मार्ने धम्की दिएको बताए । लोकमानविरुद्धको महाअभियोग प्रस्तावका प्रस्तावक समेत रहेका उनले भने– ‘मलाई लोकमानका समर्थक हुँ भन्दै अज्ञात व्यक्तिबाट ज्यान मार्ने धम्की आएको छ । यसबारे प्रहरीलाई जानकारी गराएको छु ।’
यता आजै बसेको संसद बैठकले लोकमानविरुद्धको महाअभियोग प्रस्ताव दर्ता गर्र्दै पर्सी (मंगलबार)देखि छलफल सुरु गर्ने निर्णय गरेको छ । लोकमानविरुद्ध महाअभियोग अघि बढेकै दिन लोकमानका समर्थकबाट धम्की आएको जानकारी सांसद शाहीले दिएका हुन् ।
प्रतिक्रिया