नौ अर्ब एकाउन्न करोड राजस्व सङ्कलन

इनेप्लिज २०७३ कार्तिक ५ गते १०:२४ मा प्रकाशित

birgunj-bhansar-4पर्सा,, ५ कात्तिक । चालु आवको असोजमा वीरगन्ज भन्सार कार्यालयले रु नौ अर्ब ५१ करोड ६ लाख ७७ हजार राजस्व सङ्कलन गरेको छ ।

आव २०७३-७४ को असोजमा भन्सारले रु आठ अर्ब ५८ करोड ४१ लाख २५ हजार राजस्व सङ्कलनको लक्ष्य लिएको थियो । वीरगन्ज नाकाबाट आयात निर्यात सहज हुँदै गएका कारण लक्ष्यभन्दा करिब ११ प्रशित बढी राजस्व सङ्कलन गर्न सफल भएको कार्यालय प्रमुख सेवन्तक पोखरेलले जानकारी दिनभयो ।

असोजमा सो नाकाबाट दुई पाङ्ग्रे तथा चार पाङ्गे्र बाहनको आयात उल्लेख्य मात्रामा वृद्धी भएको थियो । असोजमा भारत तथा तेस्रो मुलुकबाट रु दुई अर्ब ५८ करोड २१ लाखको एक हजार २६८ थान जिप, कार, भ्यान तथा १३ हजार ५७९ थान मोटरसाइकल आयात भएको थियो । आयात गरिएका ती बाहनबाट मात्र रु चार अर्ब ६४ करोड ७६ लाख २० हजार राजस्व सङ्कलन गरिएको भन्सारले जनाएको छ । बाहनबाट सङ्कलन गरिएको उक्त राजस्व कूल सङ्कलित राजस्वको करिब ४८ प्रतिशत हो ।

प्रतिक्रिया