अनेसास निर्वाचन समितिको प्रेस बिज्ञप्ति

इनेप्लिज २०७३ कार्तिक ४ गते १२:२३ मा प्रकाशित

14642183_10207770033908701_3521930060374071045_n

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) निर्वाचन समिति २०१६ ले अनेसास विधानको धारा ६ को उपधारा १ बमोजिम केन्द्रीय कार्यकारी समिति(२०१६–२०१८) को निर्वाचन सफलता पूर्वक सम्पन्न गरेको छ ।यस निर्वाचनमा अनेसास अध्यक्ष पदको को लागि मात्र मतदान भएको छ भने अरू सबै पदहरू निर्विरोधनिर्वाचित भएका छन ।यो निर्वाचनमा जम्मा मददाताको संख्या ६९९ रहेको थियो र सम्पूर्ण मतदाताहरुको नामावली निर्वाचन भन्दा १ हप्ता अगावै अनेसासको आधिकारिक वेब पेज मा प्रकाशित गरिएको थियो ।उक्त मददाता संख्यामध्ये ५७० जनाको मत निर्वाचनमा खसेको छ ।
चुनाव परिणाम यसप्रकार छ ।

१) अध्यक्ष ः– पदम विश्वकर्मा – प्राप्त मत ः– २९२ (विजयी)
कमला प्रसाई – प्राप्त मत ः–२७८
(२) राधेश्याम लेकाली – बरिष्ठ उपाध्यक्ष, नेपाल
(३) क्षेत्रीय उपाध्यक्षहरू ः–
(क) प्रकाश नेपाल, अमेरिका – उत्तर अमेरिका तथा ल्याटिन अमेरिका
(ख) प्रकाश पौडेल (माइला) जापान – एसिया
(ग) डा. रूपक श्रेष्ठ, बेलायत – यूरोप
(घ) भीमसेन सापकोटा, अष्ट्रेलिया – अष्ट्रेलिया तथा ओसिनिया
(४) महासचिव – गोबर्धन पूजा, अमेरिका
(५) सचिव –गणेश घिमिरे, अष्ट्रेलिया
(६) कोषाध्यक्ष –शान्तिराम ढकाल, अमेरिका
(७)सदस्यहरु ः–
(क)सन्ध्या पहाडी, नेपाल
(ख)राजु सिटौला, अमेरिका
(ग)विकास बिष्ट, अमेरिका

अन्त्यमा,हामीलाई यो निर्बाचन सम्पन्न गर्न उत्साहपूर्वक सहभागी जनाउनु हुने मतदाता उमेदवार,बोर्ड अफ ट्रस्टि ,अनेसास केन्द्रीय कार्यकारी समिति तथा मददाता प्रमाणीकरणमा सहयोग गर्नु हुने सम्पूर्ण स्वमँसेवक साथीहरु लाई हार्दिक धन्यबाद प्रकट गर्दछौ ।
नोटः–मतदान गरेका ५७० जना मददाताहरुको सूची हेर्न चाहेमा दुवै जना उमेदवार प्रतिनिधि उपस्थिति गराई निर्बाचन समिति र बिओटि को रोहबर मा हेर्न सकिनेछ ।

धन्यबाद ।

प्रमुख निर्बाचन आयुक्त निर्बाचन आयुक्त निर्बाचन आयुक्त तीर्थराज पाण्डेय भिम कार्की प्रबिण भण्डारी

प्रतिक्रिया