सांगीतिक क्षेत्रमा सफलता हासिल गर्नुनै मेरो जिबनको लक्ष्य हो- गायिका तृप्ति खड्का गुरुङ

इनेप्लिज २०७३ कार्तिक २ गते ११:४७ मा प्रकाशित

1899254_1446999105540374_4391922020287610101_o

काठमाडौँ: गायिका तृप्ती खड्का गुरुङ पिता शेरबहादुर खड्का र आमा नैनादेवी खड्काको कोखबाट नेपालगंजमा जन्मेकी हुन, नेपालगन्ज हुदै काठमाडौँलाइ कर्मथलो बनाउदै सांगीतिक नक्षत्रमा चम्किलो ताराको रुपमा उडाउदै गरेकी गायिका तृप्ति सानै उमेर बाट संगीत र नृत्यमा रुचि राख्ने गर्थिन l गायिका तृप्ति खड्का गुरुङ आफ्नो बिध्यालय जिबन देखिनै विभिन्न स्टेज कार्यक्रम देखि लिएर स्थानिय स्तरमा हुने अन्य धेरै कार्यक्रम हरुमा नृत्य गर्ने, गित गाउने र आफ्नो जादुमय आवाजले उपस्थित भिडलाई मन्त्रमुग्द बनाउन सफल हुने गर्थिन। सुमधुर तथा जादुमय आवाजकी धनि गायिका तृप्ति खड्का गुरुङ बिगत पाँच बर्ष देखि ब्यबसायिक गायिकाको रुपमा सांगीतिक क्षेत्रमा संघर्षरत छिन l आफ्नै तिन वटा सफल गीति एल्बम तृप्ति, तृप्ति भाग-१, र तृप्ति भाग-२ नेपाली बजारमा ल्याउन सफल गायिका तृप्तिले करिब पाँच दर्जन भन्दा बेसी गीतमा आफ्नो मिठो आवाज भरि सकेकी छिन भने हर किसिमको गित गाउने सक्ने क्षमता भएकी भर्सटाइल गायिका हुन उनि l लोक संगीत देखि पप, आधुनिक र चलचित्र पार्श्व गायनमा समेत आफ्नो गायन कला प्रस्तुत गरिसकेकी एक कुशल मिठो स्वरकी धनि तृप्ति नेपालमा मात्र नभएर विदेशमा सम्म त्यतिकै चर्चित हुदै गईरहेकी छिन l नेपालमा हुने विभिन्न मेला महोत्सब देखि लिएर बिदेशमा हुने कार्यक्रममा समेत चर्चा बटुली सकेकी गायिका मिठो आवाजको धनि संगै एक मेहनती,सुन्दर,सरल, मिलनसार स्वभाब र एक असल व्यक्तित्वकी धनि पनि छिन l

10390329_1463844840522467_330923264990807233_n

सम्पूर्ण घर परिवारको साथ र सहयोग पाएर सांगीतिक क्षेत्रमा लागेकी गायिका तृप्ति गित संगीतलाइ देबी सरस्वतीको प्रसाद ठान्छिन l उनि थप्छिन गित संगीत मेरो नशा नशामा छ र म नेपाली सुगम संगीतलाई थप उचाइमा पुर्याउन हरपल लागि पर्छु र सांगीतिक बजारमा छुट्टै पहिचान बनाएर स्थापित हुन्छु l विभिन्न अवार्ड समेत हात पारि सकेकी गायिका हर प्रकारको संगीतमा आफ्नो जादुमय आवाज भर्न सफल भएकी छिन यस अर्थ पनि उनलाई एक बहु प्रतिभाशाली, भर्सटाइल गायिका भन्न सकिन्छ, साच्चै उनीमा हर प्रकारको गित गाउन सक्ने क्षमता छ त्यसैले त उनि भन्छिन गित संगीत मेरो प्राण हो, संगीत मेरो रगतमा छ र मेरो हरेक धड्कनमा छ l

1276888_1446996605540624_2463955891143145354_o

प्रतिक्रिया