निर्माता सुमन बिष्ट अमेरिकामा हुने ग्लोबल नेपालि फिल्म अवार्डमा सहभागी हुँदै

इनेप्लिज २०७३ कार्तिक १ गते १३:०३ मा प्रकाशित

12494786_824505250994720_4518744369752476113_n

सुर्य चन्द काठमाडौँ : नेपाली कथानाक चलचित्र ‘दमदार’ का निर्माता सुमन विष्ट अमेरिकामा हुन लागेको ‘ग्लोबल नेपाली फिल्म अवार्ड –२०१६’ मा सहभागी हुन अमेरिका जाने भएका छन् । नोभेम्बर १२ तारिखको दिन अमेरिकाको कोलोराडो शहरमा आयोजना हुने उक्त अवार्ड कार्यक्रममा निर्माता सुमन बिष्ट लगायतका अन्य चर्चित नायक नायिका,ख्याति प्राप्त कलाकार, निर्माता निर्देशकहरुले समेत उक्त अवार्ड कार्यक्रममा उपस्थिति जनाउने भएका छन्।

12744098_797776687000910_1932172259608127335_n
सफल युवा ब्यबसायी निर्माता सुमन बिष्ट मेघा अस्पतालका अधक्ष्य, कान्जिरोवा मिडिया प्रालिका एमडी र अन्य धेरै संघ सस्थाहरुमा पनि आबद्द छन l समाजसेवा समेत आफुलाई सधै अब्बल अनि अग्रणी भूमिकामा राख्दै आएका समाजसेवी निर्माता सुमन बिष्ट नेपालमा हुने विभिन्न सौन्दर्य प्रतियोगिता देखि लिएर विभिन्न अन्य ईभेन्टहरुमा समेत निर्णायकको भूमिकामा निर्भाह गरि सकेका छन l निर्माता सुमनले यस अघि पनि अमेरिकामा भएको ‘फग अवार्ड’मा सहभागीता जनाएको कुरा उनि बताउछन ।

12801173_805894679522444_5232996862958761886_n
नेपाल फिल्म सोसाइटी, अमेरिका नेपाल टेलिभिजन र बिआरटी नेपाल डटकमले संयुक्त रुपमा आयोजना गर्न लागेको यो अवार्ड जम्मा आठ विधामा बाडिने छ । उत्कृष्ट फिल्म, उत्कृष्ट नायक तथा नायिका, सहयोगी नायक तथा नायिका, बर्ष हास्य कलाकार, निर्देशक, लाइफटाइम एचिभमेन्ट जस्ता विधा रहेको अवार्डमा अन्य केही विधा पनि थप हुन सक्ने कुरा आयोजक समितिको छ ।शिव श्रेष्ठ, कृष्ण मल्ल, नीर शाह, सुनिल थापा, शर्मिला मल्ल, बसुन्धरा भुषाल, शम्भुजित बाँस्कोटा, आर्यन सिग्देल, राजकुमार राई, सुदर्शन थापा, पुजा शर्मा, प्रदिप उदय, लगायतका विशिष्ट व्यक्ति सहभागी हुने अवार्डमा आफू पनि जान पाउदा खुसी लागेको निर्माता सुमनले बताएका छन् ।

13508846_873277292784182_8673502270239324188_n
कान्जिरोवा मिडिया प्रालि मार्फत चाडैनै नेपाली फिल्म अवार्ड तथा अन्य विभिन्न इभेन्ट नेपाल र बिदेशी भू–भागहरुमा समेत गर्ने तयारीमा जुटेका निर्माता सुमन विष्ट नेपाली चलचित्र उत्थानमा सधै लागि रहने र नेपाली मिडिया इण्ड्रस्ट्रिमा भएको बिकृतिहरुलाई हटाउदै नेपाली चलचित्र तथा सिने जगतको हक हितमा लागि पर्ने कुरा उनि बताउछन ।

प्रतिक्रिया