डोनाल्ड ट्रम्पका यौन उत्पीडन अभियोगको हिमपहिरो : यस्तै आरोपमा हर्मन केनले बीच मै मैदान छोडेका थिए ?

इनेप्लिज २०७३ असोज २९ गते १७:३० मा प्रकाशित
fotoflexer_photo
अमेरिकामा राष्ट्रपतिको चुनाव आउन करिब तीन हप्ता मात्र बाकी रहेको छ l जति निर्वाचनको मिति र तिथि नजदिक आउदै छ त्यतिनै रिपब्लिकन दलका उम्मेद्वार डोनाल्ड ट्रम्पका यौन हिंसाजन्य घटनाहरु एक पछि अर्को सार्वजनिक भएका भयै छन l पिडितहरु संचार माध्यममा खुलेआम ट्रम्पले गरेका यौन उत्पीडनका कुराहरु ओकली रहेका छन् l
 
एक पछि अर्को ,अर्को पछि फेरी अर्को गर्दै हाल सम्म ८ वटा महिलाहरुले संचार माध्यममा ट्रम्पले गरेका यौन गतिबिधि आगोको मुस्लो झैँ  फैलिएको फैलियै छ l तर पनि यस्लाई रिपब्लिकन चुनावी अभियान तथा ट्रम्पले केवल चुनावी रणनीति तथा आधारहिन आरोप बताई रहेका छन् l मतदाताले पनि प्रजातान्त्रिक दलको चुनाव जित्ने चतुर गुरु योजना भनि आरोप लगाएका छन् l 
trump-donald-080715-getty-ftr_3xisndsnzkbt10wclogb0x9pf
आरोप लगाउने पिडित महिलाले कानुनी उपचार गर्ने समेत तरखर गर्दै ट्रम्पले गरेका यौन उत्पीडन बारेमा छता छुल्ल पारि दिएका छन् l डरलाग्दो संकटको सुरुवात देखा परि रहेको छ l ट्रम्पको चुनावी अभियानलाई ठुलो धक्का लाग्न सुरु भै सकेको छ l केहि राज्यहरुमा ट्रम्प अगाडी देखिएता पनि क्लिन्टनले बिस्तारै कब्जा गर्दै गरेको तथांकले देखाउदै गरेको छ l ट्रम्पका मतदाता तथा समर्थक बढ्ने भन्दा घट्ने अवस्थामा देखिएको छ l ईतिहास कै सर्बाधिक चर्चा परिचर्चाको चुनाब भएकोले अन्तिम अवस्थाको केहि दिन मै अनुमान लगाउन सकिने वातावरण पनि बन्ने हुन्छ l

MEET THE PRESS -- Pictured: Herman Cain, Republican Presidential Candidate, appears on "Meet the Press" in Washington, D.C., Sunday, Oct. 16, 2011. -- Photo by: William B. Plowman/NBC NewsWireयस बिषयको विश्वमा डडेलो लागेको लागै छ l रोकिने नाम निशाना छैन l ट्रम्पले सबै आरोप र प्रत्यारोपलाई चरित्र हत्या गर्ने ध्येयले पूर्वाग्रह भनेका छन् l हरेक चुनावी अभियानमा लागेका झुटो आरोप ,मिथ्या, मन गढ़न्ते र आफुलाई कलंक लगाउन दाबी गरि रहेका छन् l ट्रम्प म पिडित हु  ,यौन उत्पीडनको आरोपले चुनावी अभियानलाई कलंक लगाएको भनि भाषणमा कुर्लि रहेका छन् l संचार माध्यमलाई गाली गर्न पछि परेका छैनन l आधारहिन असत्य र तथ्यहीन आरोप भनि ठाडो अस्विकार गरेका छन् l

ट्रम्पका चुनावी अभियानका अभियन्ताहरुका मनमा बिस्तारै ढवान्ग्रो ठोकिन सुरु गरि भै सकेको छ किनभने यसरी दर्जनौ यौन पिडित महिलाहरु सतह बाहिर आए पछि दुबिधामा पारि दिएको छ l ट्रम्पका यौन काण्डमा उनले बोलेका तुच्छ बाक्यहरुको श्रब्य दृश्यहरु यत्र तत्र सर्बत्र फैलिएकोले अन्तर्वार्ता दिने कसैले पनि  हैन भन्न इन्कार गर्न सक्ने अवस्था छैन l यसको कारण वातावरण धमिलिएको छ l
 
एक सफल ब्यबसायी तथा शक्तिशाली ब्यक्त्तित्व भएका हुनाले चुनाव अभियानमा बिबिध प्रकारका लान्छना आउने भएता पनि यसरि उनि माथि आरोपको वर्षा हुनु भनेको प्रत्यक्ष रुपमा नोक्सान हुनु हो l यौन उत्पीडनको आरोपको कारण निर्वाचनको को परिणाममा नकारात्मक आउने पनि संभावना रहन्छ l र उभो भन्दा उधो झर्ने देखिने अवस्था देखिदै छ l 
 
यस्तै आरोपमा हर्मन केनले बीच मै मैदान छोडेका थिए ? 
अमेरिकाको राष्ट्रपतिको चुनाबमा उम्मेदवारी दिने प्रत्याशीको गरिमा ,ख्याती ,व्यक्तित्व तथा प्रतिष्ठाको ठुलो महत्व हुन्छ l बिश्व कै सर्बाधिक शक्तिशाली देशको सबै भन्दा ठुलो पदमा आसन गर्ने व्यक्ति हुने हुनाले आचार संहिता पालना गर्नु पर्ने भन्ने जस्ता कुराहरु जोडिने हुनाले यस्ता बिषयमा अमेरिकन नागरिकमा ठुलो चेतना हुन्छ l
 
ट्रम्पको यौन काण्डका श्रब्य दृश्य सार्बजनिक भए पछि अमेरिका कि प्रथम महिला मिसल ओबामाले एक शक्तिशाली भाषण गरि सबै दललाई एक पटक सोच्न बाध्य गर्ने प्रकारको अभिव्यक्ति दिएकी छिन् l अहिले सम्म कै सबै भन्दा प्रभावकारी विचार पोखी दिएकी छिन् l 
 
सन् २०१२ का रिपब्लिकन दलका उम्मेदवार हर्मन केन माथि यस्तै गरि महिला माथि यौन उत्पीडन गरेको आरोप एक पछि अर्को लाग्यो l उनले पनि अस्विकार र बदनियत संग प्रतिष्ठामा आँच लगाउने दुस्प्रयास भने l ट्रम्पको जस्तै एक पछि अर्को आरोप र प्रत्यारोपको वर्षा हुन् थाल्यो l अन्तत्वगत्वा राष्ट्रपतिको उम्मेदवार बिबादित हुन् थाले पछि आफ्नो उम्मेद्वारी फिर्ता समेत लिएको अमेरिकाको इतिहासमा छ l 
 
यसै गरि बेलायतमा एक जना महिला संसदलाई तिमी घरमा को संग बस्छौ  ? बस्ने प्रेमी हो या अन्य को भन्ने बारेमा बिबादास्पद सवाल गरे पछि उनले राजिनामा दिएकी थिइन् l यस्ता देशमा देश हाक्ने व्यक्ति सबै कुरा सफा हुनुको साथै आचरण तथा चरित्र पनि सफा हुनु पर्छ भन्ने मान्यता राख्नेको कारण यस्तो विवाद आएमा ठुलो सङ्कट उत्पन्न हुन्छ l 
 
हर्मन केन एक लेखक ,ब्यबसायी ,कार्यकारी अधिकारी तथा संचारकर्मी तथा रिपब्लिकनका सशक्त कार्यकर्ता पनि हुन् l उनलाई ओबामा संग लड्ने राष्ट्रपतिका उम्मेदवार मिट रोमनीले समर्थन समेत गरेका थिए l केवल अनवरत रुपमा यौन उत्पीडनका महिलाहरु मैदानमा उत्रे पछि केहि नलागेर मैदान छोडेका थिए l 
 
ट्रम्पलाई यौन उत्पीडनमा परेका आठ जना महिलाहरुले यस्तो आरोप लगाएका छन् ? 
cnn-5
ट्रम्पले यौनहिंसा उडिरहेको विमानमा ,ट्रम्प धरहराको बिधुतिय भर्याङ्ग छेउमा ,कुनै भोजमा ,कतै रात्री मनोरंजन क्रिडास्थल (क्लब) मा यौन उत्पीडन गरेको आरोप सबैले सार्बजनिक गरेका छन् l 
 
ट्रम्प समर ज़ेर्बसल संग सन् २००७ मा ,क्रिस्टिन एन्डरसन संग १९९० अगाडी ,टेम्पल टाग्रत सन् २०१० मा ,नताशा स्टोनफ संग २००५ मा ,रेचल क्रुक्स संग २००५ मा ,मिंडी म्याक गिली भरि संग २००३ मा जेसिका लिड्स संग १९८० मा तथा एक अज्ञात संग यौन उत्पीडन गरेको दाबी गरेका छन् l यी सबैका आरोपका कुनै प्रमाण नभएको ट्रम्पले दाबी गरेका छन् l सबैले ट्रंपले महिलाका संबेदनशील अङ्गमा हात लगाएको खुलासा गरेका छन् l 
पछिल्लो बिधुतिय मतदानको सर्वेक्षणले यसो भन्छ ? 
cnn-2
अमेरिकामा रहेका सीएनएन ,फक्स न्युज ,वाशिंगटन पोस्ट ,युएसए पत्रिका तथा अन्य संचार माध्यमको सर्वेक्षण अनुसार हिलारी क्लिन्टन अधिकांश राज्यहरुमा मतदानमा अगाडी छिन् भनि देखाएको छ l
 मतदाताले अहिले निर्वाचन भएमा क्लिन्टन लाई ४५ प्रतिसत र ट्रंपलाई ३८ प्रतिसत मत आउने देखाएको छ l महिलाहरुको मतमा क्लिन्टन लाई  ५१ प्रतिसत आउने र ट्रम्पलाई ३२ प्रतिसत मात्र आउने देखाएको छ l 
fullsizerender
महिलाहरुको यौन काण्ड पछि क्लिन्टन को मत माथि गइ रहेको देखाएको छ भने पेन्सिलभेनियामा क्लिन्टन ९ प्रतिसतले अगाडी ,मिचिगनमा ११ प्रतिसतले अगाडी तथा विस्कनसिनमा ७ प्रतिसतले छिन् भने ट्रंप ओहायोमा केवल १ प्रतिसत र इन्डियाना मा ४ प्रतिसतले अगाडी भएको देखाएको छ l 
 
सिएनएनले अक्टोबर १४ तारिखको मितिमा निर्वाचन गरेको भए बिधुतिय नक्साको सर्वेक्षण अनुसार क्लिन्टनले ३ सय २२ ले बिजयी हुने छिन् भने ट्रम्पले केवल २ सय १४ मत प्राप्त गर्ने थिए भनि प्रस्तुत गरेको छ l 
cnn-1-copy
हिलारी क्लिन्टन सतर्क :
 
हिलारी क्लिन्टन आगामी बुधबार १९ तारिखमा हुने अन्तिम तथा तेश्रो राष्ट्रपतीय बहसको लागि तयार गर्न भनि चुनावी अभियानमा उत्रेकी छैनन् l तर कोष वृद्धि गर्ने काममा निरन्तरता दिई रहकी छिन् l उनलाई बेन्गाजी ,उन्ले  प्रयोग गरेको निजि बिधुतिय डाक(ईमेल )उनलाई ठुलो टाउको दुखाई भएको छ l अन्तिम समयमा विकिलिक्स काण्ड अझ सतर्क बनाई दिएको छ l राष्ट्रिय स्तरमा हिलारी क्लिन्टन ७ अंकले ट्रम्प भन्दा अगाडी रहेको देखाएको भएता पनि अत्यन्तै प्रतिस्प्रधात्मक रहेको छ l 

SEOUL, SOUTH KOREA - FEBRUARY 20: U.S. Secretary of State Hillary Clinton gives a lecture after awards an "Distinguished Honorary Ewha Fellow" at the Ewha Womans University on February 20, 2009 in Seoul, South Korea. Clinton is on her first delomatic tour to Asia, visiting Japan, Indonesia, South Korea and China. (Photo by Chung Sung-Jun/Getty Images)अमेरिका जस्तो बिकशित राष्ट्रमा अमेरिकन जनताले सहि निर्णय लिने छन् l विश्वमा निर्वाचनको समयमा अनेकौ सवाल उठाईन्छन l  भए भरका ज्वारभाटा यहि समयमा निस्कन्छ l ट्रम्प सामान्य व्यक्ति हैनन l सामाजिक हैशियत राख्ने ,धन र शक्ति उनि संग छ l उनलाई पनि यसले गाजेको छ l ईश्वरले सबैलाई भलाई गरुन l

यो समाचार प्रकाशित गरि सक्दा पुन : एक अर्की महिलाले ट्रम्प माथि आरोप थोपरेकी छिन् ,यौन उत्पीडन गर्ने संख्या ९ पुगेको छ l

प्रतिक्रिया