२१औ शताब्दिको ए ! नारी !!!

इनेप्लिज २०७३ असोज १४ गते २२:४१ मा प्रकाशित

bhawana-ghimireअब तिमीले
युगान्तकारी
पदचाप हरु पहिलाउनु पर्छ
तिम्रो आफ्नो समान्ताको लागि
एउटा युगान्तकारी
ईतिहास बनाउनु पर्छ
नचाहेरै पनि तिमी ले
एउटा युद्धको
सङ्ख घोस् गर्नै पर्छ
किन कि !?
जुठु चुलो र घर धन्दा
तिम्रो पेवा होइन ।
घर आगन र करेसा मात्र
तिम्रो भुगोल होइन ।
घास् दाउरा र मेला-पात
तिम्रो दाईजो होइन ।
चार दिवालको सङ्घार भित्र
पिजडाको सुगा होइन ।
सन्तान हरुको जिम्मेवारी
तिम्रो मात्र होइन ।
पुरुष मात्र तिम्रो भाग्यको खुशी होइन ।
किन कि !
आधा आकाश ढाक्ने तिमी नारी !
संसारको युग हाक्ने तिमी नारी
हिम्मत र आँट भएकी तिमी नारी !!
ओजस्बी हुन सिक
यो पक्षपाती समाज सङ्ग
तेजस्बी हुन सिक ।
सबै भ्रम हरु चिरेर
तिमी अघी बड्नु पर्छ ।
जे हुन्छ हुन देउ
चिन्ता लिन छोड
कुरिती र कु-सस्कारलाई
आजै बाट छोड ।
कहाँ पुगे संसारका ति नारिहरु
विश्व फर्किएर हेर
तिम्रो यो जिन्दगी !
घर धन्दमा नजावोश खेर ।
त्यसैले ए नारी
तिमीले एउटा ईतिहास बनाउनै पर्छ .
जहाँ तिम्रो हरेक पाइला हरुमा
तिम्रो पद्चाप हरु नमेटिउन ।।।

प्रतिक्रिया