युरोपमा रहेका गायक तुलसी सिवाकोटीलाई आजभोली भ्याईनभ्याई

इनेप्लिज २०७३ असोज १२ गते १५:२५ मा प्रकाशित
14527529_1262018050498283_654692113_n
स्विजरल्याण्ड । युरोपमा रहेका गायक तुलसी सिवाकोटी लाई आजभोली भ्याईनभ्याई छ । युरोपका विभिन्न देशमा हुने विभिन्न कार्यक्रममा साँगितिक प्रस्तुतिका लागि तुलसी सिवाकोटी ब्यस्त रहेका छन । युरोपमा निकै चर्चामा रहेका गायक सिवाकोटी अहिले दर्शक श्रोताको रोजाईमा परेका छन ।
स्टेज कार्यक्रममा दर्शकलाई उफार्न सिपालु सिवाकोटीलाई युरोपमा हुने हरेक सांस्कृतिक कार्यक्रममा बोलाउने गरेका छन । यो वर्ष युरोपमा भएका प्राय सबै कार्यक्रममा आयोजकको रोजाई गायक सिवाकोटी पर्ने गरेका छन ।
नेपालीहरुको महान पर्ब दशैँ र तिहारका कार्यक्रमहरुमा ब्यस्त रहेका छन ।
गायक सिवाकोटीले गत ३ महिनामा मात्रै ५ भन्दा बढी विभिन्न संघ संस्था ले आयोजना गरेका सांस्कृतिक कार्यक्रममा स्टेज तताए । स्टेज चढेपछि उनले आफ्नो प्रस्तुतिले दर्शकलाई उफार्ने गर्छन । नेपाली आधुनिक गितसंगितमा आफ्नो छुट्टै स्थान बनाएका गायक सिवाकोटी अहिले युरोपका नै चर्चित नेपालि गायकका रुपमा चिनिन्छन ।
तिम्रो मेरो प्रेम कहानी , कस्तो भयो होला नेपाल मेरो देश , आमा मेरी आमा , गर्नु गर्यो इन्टरनेट ले लगायतका चर्चित गित गाएका सिवाकोटीले सेप्टेम्बर १० तारिखका दिन स्पेनको मेड्रिडमा प्रस्तुति दिए लगत्तै अन्य देशहरुमा पनि गित गाउनका लागि जाने भएका छन् । संघिय समाज साइप्रसले आयोजना गरेको कार्यक्रम , नेसस अस्टिया ले गर्न लागएको कार्यक्रम र छेत्री समाज बेल्जियम ले गर्न लागेको संस्कृतिक कार्यक्रमहरुमा यहि आक्टोबर महिनामा आफ्नो प्रस्तुति दिन जाने भएका छन् ।
उनले गित गाउदा दर्शकले मनोरञ्जन लिने गरेकाले पनि उनलाई आयोजकले बोलाउने गरेका छन । स्पेनलाई कर्मथलो बनाउदै आएका सिवाकोटी स्पेनमा मात्र होईन अन्य देशमा पनि उत्तिकै चर्चामा छन । विदेशमा नेपालीले कार्यक्रम आयोजना गर्दा उनी रोजाईमा पर्छन । गायक सिवाकोटीले समय र उपस्थित दर्शकको उमेरलाई ख्याल गरेर कार्यक्रममा गित प्रस्तुत गर्ने गरेको बताउछन । उनका अधिकांश गितले दर्शकको माया पाएको छ । गायन क्षेत्रमा लागेर उनले कति संघर्ष गरे त्यस्को उनी आफैलाई हेक्का छैन तर उनले गरेका सबै संघर्षलाई परिश्रम भन्न रुचाउछन् ।

प्रतिक्रिया