मतभेद भलै होस्, मनभेद कैले नहोस्
इनेप्लिज
२०७३ असोज ५ गते ०:३२ मा प्रकाशित

मतभेद भलै होस्, मनभेद कैले नहोस्
वाध्यता भलै होस्, विश्वास कैले नगुमोस्
दूरी स्थानको होस्, मनको कैले नहोस्
सिमा समयको होस्, मायाको कैले नहोस्
प्रतिकूल भएपनि परिस्थिति, साथ अनुकूल होस्
असहज भएपनि कर्म, मर्म सदा सहज बनोस्
प्रतिक्रिया