न्युयोर्कमा संबिधान दिवस

इनेप्लिज २०७३ असोज ४ गते १:३६ मा प्रकाशित

arjun

            असोज ३ ,हिक्सभिल, न्युयोर्कमा अर्जुनप्रसाद मैनालीको प्रमुख संयोजकत्वमा ,संबिधान दिवस मनाइएको छ l उक्त कार्यक्रममा हिक्सभिलवासी नेपालिहरु उपस्थित भएका थिए l

मन्तब्य व्यक्त गर्ने क्रममा समाजका गन्य मान्य व्यक्ति विश्वराज वास्तोला, महेन्द्र शाह ,समाजसेवी टिकाराज ढकाल, सुमन हुमागाई, पिपलमनि सिग्देल, होम गौतम लगाएत सबैले संबिधान दिवसलाइ एउटा संबिधान दिवसको रुपमा मात्र सिमित नबनाई यसलाई सर्ब स्वीकार्यता सहितको कार्यान्वयनमा जोड दिएका थिए l

यसै गरि उनीहरुले छिटो भन्दा छिटो यसका कानुनहरु बनाइ कार्यान्वयन गर्नुपर्ने कुरामा जोड दिएका थिए lयद्यपि, परापुर्वकाल देखि नै समाजको समुन्नत बिकाश र भाइचारा प्रवृत्तिको बिकाश हुँदै आएको र अहिले त झन् देशमा आफैले जनताको प्रतिनिधिले बनाएको संबिधान र यसमा सबै नेपालीले आ-आफ्नो ठाउबाट योगदान दिनुपर्ने भन्दै शुभकामना दिएका थिए l

प्रतिक्रिया