पहिलो पल्ट युएइमा नेपाली म्युजिक भिडियो अवार्ड २०१६ सम्पन्न l

इनेप्लिज २०७३ असोज १ गते १२:४८ मा प्रकाशित

unnamed

युएईको आबुधाबीमा हिजो सुक्रबार नेपाली म्युजिक भिडियो अवार्ड बिभीन्न १८ विधामा प्रदान गरिएको छl

संगीक्षा फिल्म इन्टरटेनमेन्ट र नमस्ते ट्राभल्स एण्ड टुरिजमको संयुक्त आयोजनामा नेपाली म्युजिक भिडियो अवार्ड कार्यक्रममा दुईजना सभाध्यक्ष सहित युएईका लागी नौलो खालको सुरुवाती गरिएको थियो भने सभाध्यक्ष द्वय संगीक्षा फिल्म इन्टरटेनमेन्टका मनोज के सी तथा नमस्ते ट्राभलका एकेन्द्र थापा रहेका थिए,कार्यक्रमको प्रमुख अथितीमा नेपाली दुताबास युएईका कार्यबाहक राजदुत नेत्र बहादुर टन्डन रहेका थिए भने बिशेष अथितीमा दुताबासबाट भेष बहादुर कार्की, प्रेम बहादुर बोगटी, हिरा यादब त्यस्तै बिजेनेस काउन्सिलबाट डा आसिफ अलि सिद्दीकी, नेपाल ऐर्लाइएन्सबाट रमेश पौडेल, नेपाली समाजबाट चन्द्र प्रसाद सापकोटा, एन आर एन युएई बाट रमेश श्रेष्ठ, गायिका कोमल ओली, संगीतकार योगेन्द्रमणि दाहाल, इ. भरत साक्य समाजसेवी सालिक सुबेदी लगाएत थिए l

प्रतिक्रिया