कर्म र भाग्यको मिलन !!

इनेप्लिज २०७३ असोज १ गते ०:५९ मा प्रकाशित

ram-chandra-sharma-300x275-1ट्वाक्क फुटाइ खुर्र दगुरी माउको पछाडी गयो!

चारो टिप्न भनेर तालिम लिदै अभ्यास गर्दैछ छ यो!

पेटमा बोकी रहेछ ‘योक ‘ उसको डल्लो पहेलो खुराक!
पच्दैजान्छ उ बाच्छ भोजनबिना त्यो बाह्र घण्टा, त्योरात!

जीवनको क्रम त्यो शुरु अब भयो हुर्केर बढ्नु पनि !
दाना पानि र वाह्य शत्रुसगको मुकाविला झन अनि !

जुठाल्नु र बढार कुढारजतिको ठ्याम्मै उ राजा भयो!
चिलको दाउ र वाज श्याल जतिको छायाले सातो गयो!

माउको चाल सुनेर बुझ्नु छ कति अर्ति र निर्देशन !
आफ्नो सीमित छेत्र बाहिर न गइ बाच्नु छ दिन्कादिन!

हुर्क्यो पुष्ट भयो शरीर उसको ढाकेर बोसो भरि !
फेर्यो मालिकले कुद्रिस्टि उ प्रति जानु छ उसले मरि!

पाउने छैन उ भन्न मर्दिन भनि ईच्छा अरुकै ठुलो !
घर घरमा त कुरेर धार उजिलो राख्या छ स्यांगी चुलो!

एकदिनको सपना अनिस्ट हुन गै खुट्टामा डोरी कस्यो !
ईतिहास मिटाउन ग्राहक ठूलो पिंढिमा आइ बस्यो !

सुत्केरी घरमा बसेकी छ कुरी भन्दै लखेट्यो हरे!
घांटी रेटी रगत बगाई छिनमा भुटन बनायो अरे!

यस्तो कर्म र भाग्यको मिलनले संसार बढने अघि!
आफ्नो आफ्नो नसीव चल्छ सबमा चल्दैन ठगको ठगि!

प्रतिक्रिया