एन आर एन ए अष्ट्रेलियाका कोषाध्यक्ष खरेलद्दारा पानी अभियानलाई सहयोग

इनेप्लिज २०७३ भदौ ३० गते ९:३९ मा प्रकाशित

fb_img_1473914659387

बिश्वको जलश्रोतको धनी देश नेपाल तर त्यहि देशका जनताहरु पानी नपाएर घन्टौ हिंड्नुपर्छ । जग्गा हरु सुख्खा  भएर  तड्पिएका छन् । अत यस्तो किसिमको परिवेशको अन्त्य हुनुपर्छ भन्दै लक्ष्मीपुर गाविस सुनपुर दाङमा चलिरहेको करोड पानी अभियानमा  अस्ट्रेलियाबाट एन आर एन अष्ट्रेलियाका कोषाध्यक्ष  डिला खरेलले  पानी अभियानलाई प्रोत्साहन स्वरुप रु २५ हजार व्यक्तिगत  सहयोग गर्ने घोषणा गर्नु भएको छ । साथै पानी अभियानको मुल मर्म “हरेक घरमा धारो हरेक गाउँमा सिंचाई” नेपाल अधिराज्य भरी व्यापक बनाउदै नेपालका सुख्खा गाउँहरु सुख्खा ओठ हरु भिजाउन पाउनु पर्छ   भनेर उक्त सहयोग गर्नु भएको हो । उहाँले पानी अभियानमा आफ्नो तर्फबाट र संस्थागत तर्फबाट अरु साथ र सहयोग हुने कुरा पनि बताउनु भएको छ ।
स्मरण रहोस पानी अभियानकर्ता मित्र लाल पार्दे  पानी अभियान शुरु भएको गाउँमा जब सम्म हरेक घरमा धारो र सिंचाइ हुने सुनिश्चितता हुँदैन तबसम्म गाउँमा नजाने भीष्म प्रतिज्ञा गर्दै पोल्यान्डबाट पानी  अभियान चलाइरहेका छन्  ।
गाउँमा प्रेम केसीको अध्यक्षतामा पानी समिती पनि गठन पनि भएको छ ।

प्रतिक्रिया