दुनियाँ बेग्लै छ का गायकले पनि पानी अभियानलाई सहयोग गर्ने

इनेप्लिज २०७३ भदौ २८ गते २३:१२ मा प्रकाशित

fb_img_1473806093412

हामी बिश्वको जलश्रोतको धनी देश रे । जलश्रोतका गरिब देशहरुमा घर घर धारो हुने तर पानीको  धनी देशमा पिउने पानी लिन घन्टौ हिड्नु पर्ने पिडाबाट छुटकारा पाउनको लागि प्रवासबाट शुरु गरिएको पानी अभियानले दिनप्रतिदिन  देश बिदेशमा बस्ने हरेक व्यक्तिहरूलाई प्रभावित गरिरहेको छ । स्वस्फूर्त रुपमा सहयोग घोषणा गरिरहेका छन् । यस्तो किसिमको नितान्त युगले जित्ने समस्त दुनियाँले  जित्ने
पानी अभियान सफल पार्नैपर्छ यस्तो पबित्र कार्यमा हामी कलाकारहरुको भुमिका पनि महत्त्वपूर्ण हुन्छ भन्दै अस्ट्रेलिया बाट गायक समीर आचार्यले रु ३० हजार पानी अभियानलाई सहयोग गर्ने घोषणा गर्नु भएको छ । गायक समीर आचार्यको दुनियाँ बेग्लै छ भन्ने गीत प्रवासी नेपालीहरुमा  छुट्टै छाप छोड्न सफल भएको छ ।  त्यसो त हालै अस्ट्रेलियामा भएको साङितिक उडान कार्यक्रममा उहाँको पृथक शैलीको उडान प्रस्तुतीले धेरै दर्शकहरुलाई  पृथक किसिमको मनोरन्जन भएको थियो ।

पानी अभियानमा जिल्लाबाट पनि सहयोग गर्ने घोषणा र खातामा रकम जम्मा गर्ने क्रम जारी हुन थालेको छ ।यसै बिच घोराही दाङका सन्तोष भन्डारीले पनि रु १० हजार पानी अभियानलाई सहयोग गर्ने घोषणा गरिसक्नु भएको छ ।

fb_img_1473806117921

प्रतिक्रिया