अर्का ले के भनछ मलाइ म किन सोच्ने
कसैले मेरो बारेमा सोच्नु र बोल्नु
उसको सोच हो मेरो होइन
म उसको सोच ले कदापि प्रभावित हुदिन
म सधै स्वतन्त्र छु मेरो जिबन बाच्न
म अघि बढ्न हिम्मत मेरै चाहिञ्छ
आत्मविश्वास मै भित्र हुनुपर्छ
अर्काले के भनछ म किन सोच्ने
उर्जाबान मै बन्नु पर्छ
चरित्रवान मै हुनुपर्छ
इमान्दार मै बन्नुपर्छ
अर्काले के भनछ म किन सोच्ने
आशाबादी मै हुनुपर्छ
बिचार ले चन्द्र मैले छुनुपर्छ
मेरो जिन्दगी को बादशाह मै हुनुपर्छ
अर्काले के भनछ म किन सोच्ने
दुख परे मै रुनुपर्छ
गल्ति गरे सजाय को भागिदार मै हुनुपर्छ
समाज लाइ जबाफ मैले दिनुपर्छ
अर्काले के भनछ म किन सोच्ने
कालो को नज़र मा कालै हुला म
गोरो ले गोरै देख्ला
असल को नज़र मा असलै हुला म
दुस्ट ले दुस्टै देख्ला
चोर को नज़र मा चोरै हुला म
साधु ले साधु नै देख्ला
जिबन मेरो हो जिउछु मेरै रहर मा
अर्काले के भनछ म किन सोच्ने
अर्काले के भनछ म किन सोच्ने
प्रतिक्रिया