कोही भारत गए
कोही चीन गए
जाँदा जाँदै फर्किदा
सारा दिन गए
अर्ति उपदेश अरूको
दिमाग भरी भरी
कहिले सोच्ने आफैँले
गर्ने के गरि ?
रिसाउने पो हो कि
भनि डराउने
भ्रमण सफल भन्दै
बरबराउने
आफ्नै माटोको माया
धेरै गरे पो
आफूले लेखेको आफैलाई
मन परे पो
जनताको थाप्लोमा
ऋणै ऋण भए
प्रतिक्रिया