मुम्बई । बलिउड अभिनेत्री प्रीती जिन्टाले गुपचुप बिहे गरेकी छिन् । विवाहको समाचार लुकाएकी प्रीतीका बिहेका तस्बिर सामाजिक सञ्चालभरि छरिएपछि उनी चकित परेकी छिन् ।
प्रीतीको विवाह जेने गोडेनोसँग भएको छ । यी दुबैले अमेरिकामा विवाह गरेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
प्रीती जिन्टाले आफ्नो विवाह गोप्य राख्नुको कारण खुल्न सकेको छैन । तर उनका विवाहका तस्बिरहरूलाई उनलाई बिहेको समाचार गोप्य राख्न भने दिएनन् ।
विवाहमा प्रीती जिन्टाले डिजाइनर मनीष मल्होत्राले डिजाइन गरेको लेहेंगा लगाएकी थिइन् । – एजेन्सी
प्रतिक्रिया