एउटा कुरा भनुम् ‘तिमी मलाई मन पर्छ’

इनेप्लिज २०७३ भदौ १५ गते २२:१९ मा प्रकाशित

14171989_10154471642137485_861061779_n

सुमधुर स्वरका धनि गायक सन्जिब पराजुली र टिका प्रसाईंको स्वरमा सजिएको निक्कै सुमधुर गीत ‘तिमी मलाई मन पर्छ’ हालै सार्वजनिक भएको छ। धेरै समय पछि यति मीठो गीत नेपाली सांगीतिक क्षेत्रमा आएको छ। यस गीतमा शब्द-सङ्गीत टिका प्रसाईंको र सङ्गीत-संयोजन गोपाल रसाइलीको रहेको छ।

म्युजिक भिडियोलाई चर्चित निर्देशक जीवन रसाइलीले निर्देशन गरेका हुन् भने सम्पादन आइ भी एम प्रोडक्सन, अस्ट्रेलिया ले गरेको हो । भिडियोमा अष्ट्रेलियाका विभिन्न रमणिय दृश्यहरुलाई कैद गरिएको छ जसमा रस्ना प्रधान र विशाल भारतीको रोमान्स हेर्न सकिन्छ। यस गीतले श्रोता र दर्शकहरूको मन उत्तिकै जित्ने अपेक्षा गरिएको छ।

 

 

प्रतिक्रिया