केयर फर नेपालले लस एन्जलसमा भूकम्प पिडितको सहयोगार्थ सांस्कृतिक कार्यक्रम गर्ने

इनेप्लिज २०७३ भदौ १५ गते २२:११ मा प्रकाशित

unnamed

अमेरिका, लस एन्जलस ३० अगस्ट / गत बर्ष नेपालमा भूकम्प गएको बेला सहयोग गर्ने उदेश्यले स्थापित केयर फर नेपाल नामक संस्थाले सेप्टेम्बर १७ मा आर्टेसियामा भूकम्प पिडितको सहयोगार्थ सांस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ 

भूकम्प पश्चात एक सय दश भन्दा बढी घरपरिवारलाई सहयोग गर्दै उनीहरुको अवस्थाको बारेमा संस्थाले निरन्तर अनुगमन र सहयोग गर्दै आइरहेको छ । फेब्रुवरीमा क्यालिफोर्नियाको एल सेगुन्डो शहरमा एकसय दशजना सहभागी बिच कार्यक्रम गर्दै २७००० डलर संकलन गर्न सफल भएको थियो ।

भूकम्प पिडितलाई तत्काल राहत प्रदान गर्ने, दोस्रो चरणमा परिवारका सदस्य गुमाएकाहरुको लागि बासको व्यवस्था गर्ने र तेस्रो चरणमा शिक्षामुलक कार्यक्रम गर्दै दैवीप्रकोपको समयमा पुर्याउनुपर्ने सतर्कताको बारेमा जानकारी दिने उद्देस्यसाथ रकम संकलन गरीरहेको छ । एक लाख डलर उठाउने लक्ष्य लिएकोमा चालिस हजार बिभिन्न कार्यक्रम मार्फत उठाई सकेका छन । 

पारदर्शिताका साथ गतिबिधि संचालन गर्दै आएको संस्थाले आफ्ना गतिविधिहरुको जानकारी दिने, नेपालको पुन:निर्माणको लागि यस क्षेत्रमा रहेको नेपाली संघ संस्था र समुदायसंग कसरी हातेमालो गर्दै जान सकिन्छ र सो अभियानमा कसरी आ-आफ्नो ठाउँबाट योगदान पुर्याउन सकिन्छ भनि यस कार्यक्रम गर्न लागेको आयोजक सुदिप गिरिले जानकारी दिए । 

स्थानीय कलाकारहरुको प्रस्तुति रहने कार्यक्रममा लाइभ ब्याण्ड प्रस्तुति, साना नानीहरुको प्रतिस्पर्धामा उत्क्रिस्ठ हुनेलाई गिफ्ट कार्डको व्यवस्था, क्यालिफोर्नियाका स्थानीय आर्टिस्टले नेपालको रास्ट्रीय चरा डाफे बनाउने, CAL Tech, UCLA बाट प्रोफेसर र निर्देशकहरु आउने, नेपालमा बन्न लागेको सामुदायिक भवनको डिजाइन कर्ता समेतको उपस्थिति रहने छ ।  

संकलित रकम पारदर्शितापुर्वक सदुपयोग गर्दै हातेमालो गर्दै नेपालको दुखमा साथ दिन सबैलाई अनुरोध गर्दै कार्यक्रममा उपस्थित हुन आयोजकले अनुरोध गरेका छन ।

कार्यरमको बारेमा थप जानकारी आबस्यक भएमा सुदिप गिरीलाई इमेल [email protected] अथवा  (424) 218-6414 मा सम्पर्क गर्न समेत आयोजकले अनुरोध गरेका छन 

प्रतिक्रिया