नवौ एनआरएनए क्षेत्रीय सम्मेलन भिजन २०२० एण्ड वियोण्ड न्युजर्सिमा ।

इनेप्लिज २०७३ भदौ १२ गते ४:५६ मा प्रकाशित

14151713_1368912999804543_1274564330_o

गैह्र आवासीय नेपाली संघ अन्तराष्ट्रीय समन्वय परिषदद्वारा आयोजित नवौ क्षेत्रीय सम्मेलन अमेरिकाको न्युजर्सिमा शनिवार शुरू भएको छ । एनआरएन एनसीसी अमेरिकाको संयोजन रहेको संमेलनको पूर्व सभामुख सुवास नेवांगले पानसमा वत्ति वालेर समुदघाटन गर्नु भयो ।

14163799_1368913016471208_1170611154_o

हरेक दुई वर्षमा हुने क्षेत्रीय सम्मेलनमा यस वर्षको नारा भिजन २०२० एण्ड वियोण्ड रहेको छ । एनआरएनएको नवौ क्षेत्रीय सम्मेलनमा विश्व भरिका ३५ देशका ४५० एनआरएन प्रतिनिधिहरूले भाग लिएका छन ।

14139488_1368911549804688_486617037_oएनआरएनको इतिहासमा आजको उपस्थित सबै भन्दा बढ़ी रहेको मानिएको छ । विहान ७ वजे देखि ८ वजे सम्म ललित शंकर योगीद्वारा योगा वाट शुरु भएको थियो । आजको कार्यक्रमको स्वागत मन्तव्य एनआरएनका अध्यक्ष डा केशव पौडेलले दिनुभएको थियो ।

14139323_1368912713137905_1848074253_oहोष्ट कन्ट्रिको हैसियतले एनआरएन अमेरिकाका सम्पूर्ण सदस्य महानुभाव, शुभ चिन्तक, पत्रकार,डाक्टर,ईन्जीनियर,प्रोफ़ेसर ,राजनीतिज्ञ,समाज सुधारक, संघ,संस्था तथा विभिन्न तह र तप्का तगायत संसारका गैह्र आवासिय नेपालीहरुको कार्यक्रममा वाक्लो उपस्थित रहेको छ । एनआरएनको नवौ क्षेत्रीय संमेलनमा तीनवटा वीलिनियर एनआरएनका अध्यक्ष शेष घले, एनआरएनका संस्थापक अध्यक्ष डा उपेन्द्र महतो र विनोद चौधरी लगायत धेरै व्यापारी तथा पूर्व सभामुख सुवास नेवांग लगायतले संमेलनको सफलताको शुभकामना दिनुभएको थियो ।

रिएको मूल नारा एनआरएन भिजन २०२० एण्ड वियोण्डले आधुनिक युवाहरू प्रतिका नया धारणा तथा संयुक्त लगानी र एनआरएनले नया सोचका साथ अगाडि वढन सबै पक्षहरुलाई सम्वोधन गर्ने छ । उक्त नाराका वारेमा आज व्यापक छलफल भयो र भोली पनि यो कार्यक्रम जारी रहनेछ ।

14139087_1368911419804701_724977315_oभोलीहुने कार्यक्रमा एनसीसीको प्रोग्रेसरिपोर्ट तथा एनआरएन युथफोरम र एनआरएन खेलकुद,मिडिया फ़ोरम, कल्चरल, साहित्यको वारेमा व्यापक छलफल गरिने छ । कार्यक्रम ९ वजे विहान देखी ५.३० वेलुका सम्म संचालन गरिने छ । स्मरणीय रहोस ५.३० मा प्रेश रिलीज़ गरिनेछ ।

प्रतिक्रिया