काठमाडौं÷ भद्रगोलकी कलाकार रक्षा श्रेष्ठ पोखराको एक गजलबारमा मदिरामा लट्ठ भएको अवस्थामा भेटिएकी छन् । मोडल अनिल श्रेष्ठको गीत सुनेर उनी अनिल कै कल्पनामा डुबेकी छन् । यो वास्तविक नभई चर्चित गायक प्रमोद खरेलको आवाजमा रहेको हरेक रात बोलको आधुनिक गीतको म्युजिक भिडियोको दृश्य हो । यस म्युजिक भिडियोमा अनिल र रक्षाको साथमा राजेन्द्र लुईटेलको अभिनय रहेको छ । शेखर ढुंगेलको शब्द र टिका भण्डारीको संगीत रहेको छ । गीतको म्युजिक भिडियो निर्देशन नव ढुंगेलले गरेका छन् । अमृत सुनुवारको छायांकन माधव बेल्वासेको सम्पादन रहेको छ ।
सिन्धुपाल्चोकका अनिल श्रेष्ठलाई सानै देखी कलाकारितामा आउने रहेर थियो । राम्रो कलाकार बन्ने सपना उनीमा थियो । समय परिस्थितिले उनलाई त्यो अवसर आएन । उनले हरेस भने खाएका थिएनन् । निरन्तर त्यसका लागी मेहनत गरिरहे । आफ्नो ब्यवसाय र समाजसेवामा निरन्तर सक्रिय भएर लागे । उनी अहिले पनि व्यवसायलाई जति समय दिन्छन् । त्यति नै समाजसेवामा समय दिन्छन् । कोमल मनका धनी उनी अरुको दुःख देख्न सक्दैनन् ।
धैर्यता र लगनशिलताका साथ अघि बढ्यो भने कुनै पनि काममा सफल भइन्छ भन्ने उदाहरण बनेका छन् अनिल श्रेष्ठ । जसले सानोमा देखेका सपना जीवनको तिन दशकको हाराहारीमा आएर पुरा गरेका छन् । कला क्षेत्रमा लाग्ने उनको सपना अहिले आएर पुरा भएको छ । चर्चित गायक प्रमोद खरेलको स्वरमा रहेको हर रातको आधुनिक गीतमा अभिनय गर्दै नेपाली कला क्षेत्रमा आफ्नो उपस्थिति जनाएका छन् । उनको पहिलो अभिनय भए पनि यस म्युजिक भिडियोमा सशक्त अभिनय गरेका छन् । जसले उनको आगामी अभिनय यात्रा सुखत रहने देखिन्छ । केहि समय अभिनय सिकेका अनिललाई अभिनय यात्रामा ल्याउन उनका साथी सञ्चारकर्मी तथा कलाकार राजेन्द्र लुईटेलको ठुलो सहयोग रहेको उनी बताउँछन् ।
अब निरन्तर अभिनयमा लाग्ने उनको योजना छ । उनलाई सन्देश मुलक गीतमा अभिनय गर्ने रहर छ । जसले समाजमा केहि सन्देश दियोस भन्ने उनको चाहना छ । व्यवसयाय, समाजसेवा र अभिनय तिन वटै क्षेत्रमा एक साथ अघि बढाउने उनको योजना छ । धेरै मेहनत गरेको र पहिलो प्रयासलाई आम दर्शकले मन पराई दिनेमा उनी विश्वस्त छन् । यसमा भएको कमी कमजोरीलाई आगामी दिनमा हटाउँदै लाने उनी बताउँछन् ।
प्रतिक्रिया