कालिका यमाहा कोषद्धारा दिपालाई शैक्षिक सहयोग

इनेप्लिज २०७३ भदौ १ गते २३:२६ मा प्रकाशित

news pic 1

चितवन ०१ भदौं । आर्थिक अभावका कारण पढनपाढनको समस्या झेल्दै आएकी खैरहनी ५ सलौलीकी दिपा खत्री र उनको भाईलाई शैक्षिक सहयोग जुटेको छ । पूर्वी चितवनको खैरहनी बजारमा रहेको कालिका मोटरसाईकल पार्टसले स्थापना गरेको कालिका यमाहा कोषले दिपा र उनको भाई खडगबहादुर खत्रीलाई शैक्षिक सहयोग गरेको हो । सलौलीमा आयोजित कार्यक्रममा कोषका अध्यक्ष उत्तम अधिकारीले तत्कालको लागि दिपा र उनको भाईलाई एउटा साईकल,स्कुल व्याग,पोसाक हस्तान्तरण गरे । कार्यक्रमका प्रमुख अतिथि उद्योग बाणिज्य संघ खैरहनीका अध्यक्ष गुणराज श्रेष्ठ,कोषका संयोजक उत्तम अधिकारी,कालिका मोटर साईकल पार्टसका सञ्चालक रामचन्द्र अधिकारीले दिपा र उनको भाईलाई शैक्षिक सामाग्री हस्तान्तरण गरेका थिए ।

news pic cp

कोषका संयोजक अधिकारीले कोष मार्फत दिपा र उनको भाईलाई कक्षा १२ सम्म पढन लाग्ने सबै खर्च वेहोर्ने घोषणा समेत गरे । उनले दिपा र उनको भाईले शिक्षामा राम्रो प्रगति गरे १२ कक्षा पछि रोजगारीको अबसर पनि प्रदान गर्ने बताए । दिपा खैरहनी उच्च माविका कक्षा १० र उनको भाई सोही विद्यालयमा कक्षा ७ मा अध्ययन गरिरहेका छन । कमजोर आर्थिक अबस्थाका कारण दिपाले अर्काको घरमा घाँस काटेर भाई र आफुलाई पढाई खर्च जुटाउदै आएकी थिईन । बुवा दीर्घ रोगी भएपनि आमा चन्द्र मायाले चटपट बेचेर र मेलापात गरेर परिवारमा गुजरा चलाउदै आएकी छन । भूमिहिन खत्री परिवार विगत पाँच बर्ष अधिदेखि सलौलीचोकमा रहेको टिकाराम कँडेलको घरमा डेरा गरी बस्दै आएका छन । एउटा कोठा भाडामा लिएर सोही कोठामा चटपट पसल,भान्सा र त्यही सुत्दै आएका छन । खैरहनी उच्च मावि जनमोत्सव तथा स्मृति छात्रबृत्ती अक्षयकोषका संयोजक मुरलीप्रसाद गजुरेल दिपा र उनको भाईलाई खैरहनी निवासी गणेश प्रजापति र रजनी प्रजापतिले पनि स्टेशनरी सहयोग गरेका छन । खैरहनीका समाजसेवी तथा खत्री परिवारका घरबेटी टिकाराम कुँवरले खत्री परिवारलाई अहिले सम्म आफुले सहयोग गर्दै आएको र अहिले लिईरहेको घरभाडामा ५ सय रुपैया छुट दिने घोषणा गरे ।

news pic खैरहनी उच्च मावि जनमोत्सव तथा स्मृति छात्रबृत्ती अक्षयकोषका संयोजक मुरलीप्रसाद गजुरेलले दिपा र उनको भाईको शिक्षाका लागि कालिका यमाहा कोषले गरेको सहयोग पुण्य काम भएकोे बताए । सहयोग हस्तान्तरण कार्यक्रममा कोषका अध्यक्ष अधिकारीले दिप र उनको भाईलाई शिक्षा प्रदान गर्ने आफुले अभिभावकको भूमिका निर्वाह गर्ने बताए । कार्यक्रममा खैरहनी उच्च माविका पूर्व प्रधानाध्यापक घनश्याम प्रधान,एमएडब्लु इन्टरप्राईजेजका सेल्स म्यानेजर सुर्यप्रसाद ओझा,उत्प्रेरणा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कृष्ण अधिकारी,पत्रकार महासंघ चितवनका कोषध्यक्ष होमनाथ सापकोटा,पूर्वी चितवन पत्रकार मञ्चका सचिव धु्रबराज खनाल लगायतको सहभागिता रहेको थियो । कालिका मोटर साईकल पार्टसले प्रत्येक मोटर साईकलन विक्रीबाट भएको मुनाफा मध्ये रु २०० दरले कालिका यमाहा कोषमा राखि गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई सहयोग गर्दैै आएको छ ।

pic news 1

प्रतिक्रिया