२०१६ अगस्त १६ ,टोकियो ,कुमारबज्र l
वर्ल्ड नेवा:अर्गनाईजेशन जापान फ़ुकुओका शाखाका उपाध्यक्ष विकास प्रधान र
सचिव आशिष खड्कीको सम्मानमा वर्ल्ड नेवा: अर्गनाईजेशन जापानको आयोजनामा अगस्त ६ का दिन भव्य सम्मान तथा स्वागत कार्यक्रम सम्पन्न गरेका छन् ।
उहाँहरुलाई अर्गनाईजेशनका सरंक्षक राजन प्रधानाङ्ग र सल्लाहाकारहरु महेश श्रेष्ठ र अरुण श्रेष्ठज्युले खादा ओढाई स्वागत तथा बधाई दिनु भएको हो l
नेपाल डे फेस्टिवल २०१६ मा लाखे नाच ,झ्यालिंचा नाच ,कुमारी र नेवार भेष भुषाको रयालीमा नेवार बाजाहरु बजाउंदै सहभागि हुन् पाएकोमा उहाँहरु अत्यन्त खुशी हुँदै निकट भविस्यमा फ़ुकुओकामा पनि यस्तै कार्यक्रमको आयोजना गर्ने इच्छुक भएको कुरा बताउनु भएको छ l
नेपालका विभिन्न जिल्लाबाट जापानको फ़ुकुओका क्षेत्रमा बसोबास गर्ने नेवारहरुले वर्ल्ड नेवा: अर्गनाइजेशन जापान , फुकुओका गत जुलाईमा फ़ुकुओकाका प्रतिनिधि राम कृष्ण श्रेष्ठको सक्रियतामा अशोक शाहीको नेतृत्वमा गठन गरेको थियो ।
प्रतिक्रिया