बादल भित्र जून लुक्दा तिम्लाई सम्झिए
मेरो कालो केश फुक्दा तिम्लाई सम्झिए
उकाली र ओराली त्यो देख्दा खेरि आज
देउता को थान मा पुग्दा तिम्लाई सम्झिए
भमरा ले प्रित पोख्यो फक्रिएको फुलमा
यिनै मेरा नयन झुक्दा तिम्लाई सम्झिए
नखोजेको कहाँ हो र भुल्न तिम्लाई मैले
लालुपाते डाली नुग्दा तिम्लाई सम्झिए
कुन्नि किन हेरिरहे आज तिम्रै तस्बिर
कता कता मुटु दुख्दा तिम्लाई सम्झिए
प्रतिक्रिया