युवा मन्त्री दलजीतको सहभागीतामा र्याली, युवा सम्मेलन २० बुदे घोषणा पत्र हस्तान्तरण र युवा आवाज विमोचन एकसाथ

इनेप्लिज २०७३ साउन २९ गते ५:२२ मा प्रकाशित

2

१२ अगष्ट अर्थात अन्तराष्ट्रिय युवा दिवस । युवाहरुको हक अधिकार र आवाजको पक्षमा बोल्ने दिन भनेर चिनिन्छ । देश विकासका आधारशिला बनेका कर्मठ युवाहरु नै हुन् । विकासित देशहरुमा युवाहरुको लागि जति लगानी र अवसर हुन्छ । अल्पविकसित देशहरुमा त्यसको अभ्यास पटक्कै भएको छैन । नेपालजस्तो मुलुकहरुमा युवाको लागि न त राज्यले स्पष्ट नीति तय गर्न सकेको छ न त प्राइभेट क्षेत्रबाटै । युवाहरु देशमा रोजगारको कारण होयन, शिक्षा र राजनीतिक अस्थीरताका कारण विदेश पलायन भइरहेका छन् । राजनीतक दलहरुले युवाहरुलाई आफू सत्तामा पुग्ने र टिक्ने भरयाङ मात्र बनाउदै आएका छन् । राणाकाल होस् या पञ्चायतकाल, २०४६ सालको आन्दोलन या २०६२ ०६३ सबैमा युवा राजनीतक दलका भरयाङ मात्र बने । विडम्वना दक्ष र योग्य आधाकरोड युवाहरु विदेशमा पसिना चुहाएर श्रम गर्न विवश छन् त दैनिक दुइ चार जनाभन्दा पनि बढी युवाहरुको लाश काठको बाकसमा आउने गरेका छन् ।

4

यहाँ देश विकासको नाममा नेताहरु भाषण हाक्छन् । यसो गर्छु उसो गर्छु मात्र भन्छन् तर विकासको खाकाभित्र युवा परिचालनको कुनै स्पष्ट नीति अहिलेसम्म आउन सकेको छैन । यो हाम्रो देशको राजनीतिक विडम्वना भने हुन्छ । देश राजनीति र कर्मचारी तन्त्रले ग्रसित छ, बाँकी दलालहरुको राज, कानून अन्धो बनेको छ, पैसामा बिकेको छ, गाउँ घरका आँगनमा युवाको पाइला मेटिदै छ । उमेर पाकिसकेका बूढा बा आमाहरु खुइय गर्दै एक गिलास पानी पिउन नसक्ने अवस्थामा छन् । वर्तमान परिस्थिती यस्तो बनेको बेला अनि यहाँ नारा घन्किन्छ, समृद्धि र विकास सँगसँगै, समृद्धिका लागि युवा परिचालन लगायतका ।

Deman YNF

सर्वसाधारण मानिसहरु न्यापालिका, कार्यपालिका र व्यवस्थापिकाको व्यवस्थाबाट टाढा छन् । एक पुरिया जीवनजल नपाएर नागरिकहरु ज्यान गुमाइरहेका छन् । अनि देशका ठूला अस्पतालमा डाक्टरको हडतालसँगै स्वास्थ्य सेवाहरु बन्द हुन्छन् । सरकार निरिह बन्दै जान्छ र हडताल गर्नेहरुको माग पूरा गराउन तत्पर हुन्छ ।

IMG_6940
यस्तै छ यहाँको चलन, नारा, भाषण, गोष्ठी र सेमिनारको हाम्रो परिपाटी कहिले अन्त्य हुने होला अनि लाखौं दक्ष युवाहरुलाई विदेश पठाएर रेमिट्यान्सबाट देशको अर्थतन्त्र धान्ने अवस्थाको परिपाटी कहिले बन्द होला सोचनीय विषय बनेको छ । देशलाई चलाउने शक्तिहरु विदेशी शक्ति हाबी हुदै गर्दै वर्तमान अवस्थामा प्रचण्डको सरकार बनेको छ । प्रधानमन्त्री निर्वाचित भएको एक हप्ता बितिसक्दा मन्त्रिमण्डलले मूर्त रुप पाउन सकेको छैन । तर पनि देशभरका युवाहरुको प्रतिनिधित्व गर्ने युवा मन्त्रालयको जिम्मेवारी युवा मन्त्री दलजीत श्रीपाइलीको काँधमा आइपरेको छ । युवाको क्षत्रमा बलियो नीति र बेतिथिको अन्त्य गर्ने ठूलो चुनौती युवा मन्त्रीमाथि छ । यसै अवसरमा अन्तराष्ट्रिय युवा दिवस २०१६ अर्थात अगष्ट १२ को दिन युवा मन्त्री दलजीत श्रीपाइली युवाहरुको र्याली र युवा सम्मेलनमा खुशीसँगै भावुक भएर साथमा साथ थिए । लाग्छ नयाँ जोश र जाँगरका साथ खेलकुद तथा युवा मन्त्रालय सम्हालेका युवा मन्त्री दलजीतले युवालाई स्थापित गराई देश विकासमा कसरी फरक धारबाट प्रयोग गर्न सक्छन् । बन्दुकको कमाण्डर चीफ, दुर्गम क्षेत्रबाट नजिकबाट युवाको आवाजलाई बुझेका युवा मन्त्रीले देशभरका युवाहरुको लागि स्थापित गराउने नीति मात्र अख्तियार गर्न सके त्यो महान् हुनेछ ।

IMG_6995
आशा छ, खेलकुद तथा युवा मन्त्री दलजीत श्रीपाइलीबाट युवाको क्षेत्रमा एउटा मात्र यस्तो ससक्त काम हुन्छ जसले हजारौ युवालाई राष्ट्रिय एजेण्डाका लागि एकबद्ध र गोलबन्द गर्न सक्छ भन्नेमा । अन्तराष्ट्रिय युवा दिवस २०१६ नेपालमा युवा मन्त्री दलजीत श्रीपाइलीको सहभागीतामा हजारौं युवाहरुको सहभागीतामा भव्यताका साथ सम्पन्न भएको छ । राष्ट्रिय युवा परिषद नेपाल, युवा गैसस महासंघको आयोजनामा भएको युवा र्याली, युवा सम्मेलनमा दर्जनौ युवा नेतृत्वदायी संस्थाहरुको एकसाथमा सम्पन्न भएको छ

प्रतिक्रिया