सामाजिक सन्देशमुलक गीत म रुदाँको भिडियो श्रोत्ता माझ

इनेप्लिज २०७३ साउन २८ गते १०:३७ मा प्रकाशित

Rajendra luitel (2)

काठमाडौं र चर्चित मोडल सम्पदा बानिँयालाई उनका श्रीमान्ले घरबाट निकालेका छन् । अरुबाट बलात्कृत भएको थाहा पाए पछि उनका श्रीमान राज लुईटेलले घरबाट निकालेका हुन । यो वास्तविक नभई गीतकार भगीरथ दाहालको आधुनिक गीति संग्रह अनुकम्पा भित्र समेटिएको म रुदाँ हास्ने बोलको म्युजिक भिडियोको दृश्य हो । यस गीतमा संगीतकार सुरेन्द्र श्रेष्ठको संगीतमा अन्जु पन्तको स्वर रहेको छ । संगीत अनुसार उत्कृष्ट संगीत संयोजन रुपम सिंह गुरुङले गरेका छन् । एउटा नारीलाई पिडा पर्दा समाजले हेर्ने दृष्टिकोण गीतमा प्रस्तुत गरिएको छ । गीत कर्णप्रिय एंव सुमधुर बन्नुको साथै भिडियोले समाजमा सन्देश दिन पनि खोजेको छ । विगत दुई दशक भन्दा लामो समय देखी संगीत सृजनामा लागेका सुरेन्द्र श्रेष्ठको उत्कृष्ठ संगीत मध्येको एक गीत यो पनि हो । भगीरथ दाहालको रचनालाई उनले जिवन्त संगीत दिएका छन् । संगीतकार श्रेष्ठ अहिलेको लोकप्रिय एंव उत्कृष्ठ संगीत सृजना गर्ने संगीतकारमा पर्दछन् । गीतकार दाहाल पनि तिन दशक देखी निरन्तर साहित्य सृजनामा सक्रिय छन् ।

Rajendra luitel

सोनाम पाख्रिनको निर्देशनमा अमृत सुनुवारको छायांकन र प्रविण श्रेष्ठको सम्पादन रहेको यस म्युजिक भिडियोमा सम्पदा बानिँया, राज लुईटेल, रामकृष्ण श्रेष्ठ, रवि सुवेदी आदी कलाकारको अभिनय रहेको छ । सम्पदाको अभिनय उत्कृष्टको साथै भावपूर्ण रहेको छ । सञ्चारकर्मी तथा मोडल राजेन्द्र लुईटेलको एकपछि अर्को भिडियो सार्वजनिक हुने क्रम जारी छ । एक दर्शन भन्दा बढि म्युजिक भिडियो तथा विज्ञापनमा अभिनय गरेका छन् । उनी सञ्चारकर्मसगैं कलाकारितामा क्रियाशिल छन् । गायक रामकृष्ण श्रेष्ठ १२ वर्षदेखी गायन क्षेत्रमा सक्रिय भएर लागेका छन् । तिन वटा सोलो एल्वम श्रोत्ता माझ ल्याएका छन् । उनले पनि विभिन्न म्युजिक भिडियोमा अभिनय गरेका छन् । रवि सुवेदी गायन सगैं म्युजिक भिडियोमा अभिनय पनि गर्दै आएका छन् ।

Ramkrishna shrestha

प्रतिक्रिया