पहिलो उत्तरअमेरिकी काव्य सङ्गमको तयारी पुरा

इनेप्लिज २०७३ साउन २७ गते २३:४९ मा प्रकाशित

Banner Banner-page-001

नेपाली साहित्य समाज, क्यानाडाले पहिलोपटक आयोजना गर्न लागेको उत्तरअमेरिकी काव्य सङ्गमकोपहिलोचरणको तयारी पुरा भएको छ । समाजको हिजो बसेको बैठकले टोरोन्टोमा शनिबार अगस्त २० का दिनअपरान्ह २ बजेदेखि राती ८ बजेसम्म कार्यक्रम संचालन गर्ने भएको छ । कार्यक्रमलाई काव्यात्मय बनाउनतीनचरणमा कार्यक्रम बाडिएको छ ।  पहिलोचरणमा उद्घाटन, दर्ता एवम् स्वागत कार्यक्रम रहने छ भनेदोस्रोचरणमा काव्यवाचन, काव्य कार्यपत्र प्रस्तुति र वाचित काव्य समिक्षा रहने छ र तेस्रो चरणमा सामुहिककाव्यसमीक्षाको कार्यक्रम रहेने भएको छ । कार्यक्रममा श्री होमनाथ सुवेदीले अमेरिकामा २००७ देखि यताकानेपाली कवि र कविता कार्यपत्र प्रस्तुत गर्नु हुनेछ भने श्री पुष्पराज आचार्यले क्यानाडाको कवि र कविताकाबारेमा कार्यपत्र प्रस्तुत गर्नु हुनेछ । काव्य समीक्षकमा डा. श्याम पोखरेल, गोपीकृष्ण काफ्ले, प्रेम संग्रौला र डा.गोबिन्द रावत रहनु हुने छ । त्यस्तै कार्यपत्रमाथि टिप्पणी र त्यसबाट उत्तरअमेरिकी काव्य साहित्यकोवास्तविक स्वरुप पहिल्याउने विश्वास आयोजक समितिले राखेको छ । कार्यक्रममा क्यानाडाका स्थानीयकलाकारहरुबाट संगीतात्मक प्रस्तुतिहरु रहने कार्यक्रम रहेको छ । महामहिम राजदूत कालीप्रसाद पोखरेलकोसमुपस्थितिमा सम्पन्न हुने पहिलो उत्तरअमेरिकी काव्य संगम कार्यक्रममा नेपालबाट प्रज्ञा प्रतिष्ठानका पूर्वसदस्य सचिव वरिष्ठ समालोचक डा. तुलसी भट्टराई, कतारका पूर्व राजदूत वरिष्ठ कथाकार मधुवन पौडेल,अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका संस्थापक अध्यक्ष होमनाथ सुवेदी र मदन पुरस्कारबाट शुसोभितआख्यानकार कृष्ण धारावासीसहित अमेरिका र क्यानाडाका विभिन्न शहरबाट कविसाहित्यकारहरुकोउपस्थिति रहने छ । कार्यक्रमपछि पहिलो उत्तरअमेरिका काव्य संगमको नामबाट वाचित काव्य रसमिक्षासहितको संग्रह प्रकाशन गरिने जानकारी आयोजक समितिबाट प्राप्त भएको छ ।

टोरोन्टोमा विशाल हिमालयन मेलाको आयोजना विगत १० वर्षदेखि हुँदै आएको छ । यसपटक आईतबार २१अगष्तका दिन हिमालयन मेला पनि रहेकोले बाहिरबाट आउनेहरुले टोरोन्टोमा नेपाली सांस्कृतिकले भरिएकोमेलाको प्रस्तुतिहरु पनि हेर्न पाउने छन् । नेपाली संस्कृति झल्कने सामानहरुको पसलहरु, नेपाली खानाकापरिकारहरुका पसलहरुसँगै निरन्तर हिमाल–पहाड–तराईका सांस्कृतिक प्रस्तुतिहरुको  मनोरञ्जनात्मक लिनसकिन्छ । कार्यक्रममा सहभागिताका लागि नेपाली साहित्य समाज, क्यानाडालाई लाई ईमेलबाट जानकारीगराएर दर्ता गर्न र गराउनका लािग समाजले सबै साहित्यकारहरुलाई अनुरोध गरेको छ ।[email protected]

प्रतिक्रिया