नेपाल डे फेस्टिवल २०१६ भब्य सफल भएकोमा आयोजक एन आर जापान ,जापानवासी सम्पूर्ण संघ संस्था तथा नेपालीहरुलाई वर्ल्ड नेवा: अर्गनाईजेशन जापान द्वारा बधाई तथा धन्यवाद दिनु भएको छ l
जापानीहरुको अत्यन्तै न्यून सहभागि भएपनि अत्याधिक नेपालीहरुको सहभागिताले कार्यक्रम हर्ष उल्लासले सम्पन्न भएकोमा वर्ल्ड नेवा:अर्गनाईजेश न जापान का प्रतिनिधि राम भक्त जोशीले आयोजक कमिटीलाई बधाई तथा धन्यवाद दिनु भएको छ l
यस वर्षको कमि कमजोर लाई हटाई अर्को वर्ष नेपाल डे फेस्टिवलको मन्चमा सकेसम्म नेपाली संस्कृति झल्कने कार्यक्रम गर्न सकेमा सुनमा सुगन्ध थप्ने कुरा अर्गनाईजेशनका प्रतिनिधि कृष्ण बदन जोशीले बताउनु भयो l
अगस्त ६ र ७ तारेख दुई दिवसिय नेपाल डे फेस्टिवलमा वर्ल्ड नेवा:अर्गनाईजेशन जापानद्वारा प्रस्तुत गरिएको नेवार भेष भुषा र सांस्कृतिक कार्यक्रम उल्लासमय रुपमा सम्पन्न भएको छ l
लाखे ,झ्यालिंचा नाच,तायमचा नाच , नेवार बाजागाजा ,कुमारी तथा नेवार भेष भुषाको प्रस्तुतिले नेपालको जात्रा जस्तै भरपुर मनोरंजन दिलाएको थियो ।
जापानवासी नेवारहरुको सक्रिय सहभागिताले यसपालिको नेपाल डे फेस्टिवलमा नेवार संस्कृति झल्कने बिभिन्न सांस्कृतिक कार्यक्रमहरुको प्रस्तुत गर्न सकिएको र दुई दिने फेस्टिवलमा सहभागी हुनु भएका सम्पूर्ण साथीहरुलाई धेरै धेरै धन्यवाद दिनुहुँदै जापानवासी नेवारहरु वल्ल जाग्यो भन्दै वर्ल्ड नेवा: अर्गनाईजेशन जापानकी प्रतिनिधि सबिता श्रेष्ठज्युले खुशी व्यक्त गर्नु भएको छ l
नेवार संस्कृति भनेको नै नेपालको संस्कृति भएको हुनाले जापानमा हाम्रो संस्कृतिको सरंक्षण ,सम्बर्धन गर्ने दायित्व हामी सम्पूर्ण जापानवासी नेपालीहरुको हातमा रहेको कुरा अर्गनाईजेशनका अर्को प्रतिनिधि जनक राज शाक्यज्युले बताउनु भएको छ l
यसपालिको नेपाल डे फेस्टिवल २०१६ मा नेपालीहरुको सहभागी उल्लासमय रही सफल भएकोमा उक्त कार्यक्रम आयोजनाका संयोजक सुदन थापाज्युलाई अर्गनाईजेशनको तर्फबाट प्रतिनिधि प्रकाश लाल श्रेष्ठज्युले बधाई तथा धन्यवाद दिनु भएको छ l
फेस्टिवल सफल भएकोमा बधाई दिनु हुँदै नेपाल डे फेस्टिवलको मन्चमा नेपाल को संस्कृति झल्कने नेपाली सांस्कृतिक कार्यक्रमहरुलाई पहिलो प्राथमिकता दिनु पर्ने र नेपालको सांस्कृतिक कार्यक्रमहरु प्रस्तुत गर्न वर्ल्ड नेवा:अर्गनाईजेशन जापान संधै सहकार्य गर्न तत्पर रहेको कुरा को जानकारी अर्गनाईजेशनकी प्रतिनिधि इन्दिरा सुजुकी राजभन्दारीज्युले बताउनुभएको छ l
बिगत ९ वर्ष देखि जापानमा आयोजना हुँदै आएको नेपाल डे फेस्टिवल यो वर्ष नेपाल जापान कूटनैतिक सम्बन्धको ६० औं वर्ष गाँठ पनि परेकोले थप महत्वका साथ् मनाईएको हो l
जापानमा क्रियाशील संघसंस्थाहरुको सहकार्यमा एनआरएन जापानले यो वर्षको नेपाल डे फेस्टिवलको आयोजना गरेको हो l
वर्ल्ड नेवा:अर्गनाईजेशन जापान ,नेवा:जागरण मंच जापान र नेवा:अन्तरास्ट्रिय फोरम जापानको सक्रियतामा यसपालिको नेपाल डे फेस्टिवलमा नेवार सांस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरेको हो l
प्रतिक्रिया