सातसमुद्रपारी नेपालीहुनुमा गर्व गर्ने यो दृश्य

इनेप्लिज २०७३ साउन २५ गते ५:४२ मा प्रकाशित

13936559_10206514528454321_1358659152_n - Copy

७ अगष्ट,२०१६ लबक, टेक्सास दुईवर्षको उमेरमा अमेरिका छिरेकी प्रशंशाले नेपालका लोकप्रिय गायक रामकृष्ण ढकाल र भारतीय चर्चित गायिका आशा भोस्लेको युगल स्वर रहेको वाचुन्जेलीलाई वोलको गीत प्रस्तुत गरिरहदा त्यहाँ उपश्थित सवैका आँखा हर्षले रसाए । उनीहरुको मन गर्वले फुलेर छातिभरि भयो । अमेरिकामै जन्मेका १३ बर्षिय सतिश बन्जारा प्रबासको नेपाली समुदायका अर्का गौरवका पात्र हुन् । नेपाली भाषा बोल्ने मात्र होईन अरूलाई बुझाउन सक्ने दखल राख्छन् । त्यसैगरि १२ वर्षका आशुतोस जोशीले गुरुको प्रशंसाको भाव वोकेको कविता सुनाईरहँदा उपश्थितसवैले आफ्नो शिर सगरमाथाभन्दा अग्लोभएको महसुस गरे ।

13956836_10206514551694902_961026066_n - Copy

हातले कोरेर रंगिन भरेको नेपालको नक्सा देखाएर उभिएका अमिष पाण्डेले नेपालको बारेमा वताईरहँदा त्यहाँ उपश्थित सवैजना टोलाइरहे । यस्ता थुप्रै पस्तुतिहरु थिए जसबाट नेपाली हुनुमा गौरव गर्न सकिन्थ्यो त्यहाँ । अमेरिकाको टेक्सास राज्यको लबक शहरमा रहेको भाषा स्कुलको ग्रयायुजेसनको दृष्य हो यो । दुईमहिनाअघि संचालित यस पटकको नेपाली भाषा पाठशालाका विद्यार्थीहरु ग्रयाजुयसन कार्यक्रममा आफ्ना प्रस्तुतिबाट नेपालप्रतिको झुकाव प्रस्तुत गर्दै थिए । ती दृश्यहरु देखेर अमेरिका छोराको परिवार भेटन आएका पूर्व सचिव युवराज गौतम मात्र होइन छोरीको परिवार भेट्न आएका नेपालमा महिला विकास संगठनको पूर्वी क्षेत्रिय संयोजक नारायणी जोशीको पनि गर्वले छाति फुलेको वताए । २ सय देखी ३ सय नेपालीहरु रहेको यस ठाउमा यो कृयाकलाप भने प्रवासमा मात्र होइन नेपालमा रहेका नेपालीहरुका लागि गतिलो उदाहरण थियो ।

13940962_10206514540174614_492627237_n - Copy

पाश्चात्य शैलीप्रतिको आकर्षणमा आकर्षिहरुका लागि त यो मुखभरिको जवाफ थियो । वालवालिकाबाट गौरव गर्ने यो विषयको पछाडी भने उनीहरुका अभिभावको अनवरत देन देखिन्थ्यो । प्रो डा मेघनाथ पराजुली भन्दै थिए मेरा केटा केटी ठूला भैसकेका छन् मलाई यो जरुरी थिएन तर जन्मभूमिप्रतिको जिम्मेवारीले मैले पनि यहाँ आएर अध्यापन गरे । आफ्नै छोराछोरीले नमस्कार गर्ने ठाउमा हाई गरे आत्मग्लानी हुन्छ त्यसैले सवै अभिभावकहरु यसप्रति जिम्मेवार हुनुपर्ने उनको भनाई थियो । समाजका अध्यक्ष डा माधव पाण्डे नेपाली भाषा पाठशालामा सहभागि भएर कार्यक्रम सम्भव वनाईदिने सवै वालवालिका एवं अभिभावकप्रति धन्यवाद प्रकट गर्दै थिए । भाषा पाठशालाबाट नेपाली भाषा संस्कृति लगायतका कुरामा पठन पाठन गरिएको डा पाण्डेले वताए । झण्डै दुई दजैन विद्यार्थीहरु सहभागि यस पटकको कक्षा दुई महिनासम्म संन्चालन गरिएको थियो । मुलधारको पढाईको विदामा शनिवार र आईतबाट नेपाली भाषा पाठशाला सन्चालन गरिदै आएको वताईन्छ । वालवालिकालाई नेपाली भाषा र संस्कृतिप्रतिको झुकाव गराउन अभिभावकहरुले पनि विभिन्न गीतहरु प्रस्तुत गरेका थिए ।

13936491_10206514549614850_407719250_n - Copy

प्रतिक्रिया