तीजको लहर आयो बरिलै ! मनाससमा तीज कार्यक्रम २०७३को हार्दिक निमन्त्रणा

इनेप्लिज २०७३ साउन २४ गते २२:२६ मा प्रकाशित

ANHSTeam-1024x683

अमेरिका नेपाल सहयोगि समाज (America Nepal Helping Society) को आयोजनामा नेपाली महिलाहरूको महान चाड हरितालिका तिज कार्यक्रम अगस्ट २८, २०१६ मा मनासस भर्जिनियामा भब्य आयोजना गरिदै छ। डिसी मेट्रो एरिया र यसको वरपर जतासुकै रहनुहुने सबै नेपाली दिदिबहिनिहरु,दाजुभाइहरु र बुबाआमाहरुलाई यस कार्यक्रममा सहभागी हुनको लागी आयोजक हार्दिक निमन्त्रणा गर्दछ।

हिन्दु नारीहरूको महान चाड हरितालिका तीज भाद्र शुक्ल तृतीया देखि पञ्चमीसम्म मनाइदै आएको विशेष पौराणिक महत्व छ। यो पर्वमा विवाहित र अविवाहित महिलाहरूले आ-आफ्नो मनोकामना पूरा होस भनी ब्रत बस्ने गर्छन्।पार्वतीले महादेव पति पाउँ भनि ब्रत बसेको पौराणिक मान्यता अनुसार यो पर्व मनाउने गरिन्छ। स्मरण रहोस यस समाजले स्थापना काल देखिनै हाल परदेशमा रहेका दिदि बहिनिहरुलाई माईतिकै जस्तै वातावरण बनाउन एक थलोमा जम्मा गराई उनीहरुले चाहे अनुसारको कार्यक्रम गराउदै आएको छ।

 
विगतका बर्षहरुमा जस्तै यस पटक पनि हामीहरू सबै मिली मनाससमा उल्लासपूर्ण बातावरणमा तीज पर्व मनाऔ रमाइलो गरौ,नाचौ र झुमौ।
 
स्थान-  City Palace, 9720 Capital Ct, Manassas, VA 20110 मिती- sundayAug 28 ,2016 समय- 3:00PM to 10:30 pm
 
हेर्नुहोस केही तिज झलकहरू बिगतका बर्षहरुबाट पनि  @ युट्युब search teej in manassas usa2009 or 2010or2011or2012or 2013 or 2014&2015
 
सम्पर्क/कार्यक्रम संयोजक: सुनिता सुबेदी गौतम 703-229-3516 कमला खरेल 703-501-1069 & ANHS टिम साथीहरु
प्लिज नोट:  परम्परा,संस्कृति तथा सहयोगि भावनालाई प्रबर्धन गर्ने सस्थाको उदेस्य  अनुरुप सधैझै यस पटकको तिजको प्रोग्राम पनि नि:शुल्क र उपस्थित सबैलाई दर खुवाउने ब्यबस्था गरिएको छ।

प्रतिक्रिया