पहिलो दिनको नेपाल फेस्टिबलमा वर्ल्ड नेवा अर्गनाइजेशन जापानको प्रस्तुति भब्य रह्यो (फोटो फिचर)

इनेप्लिज २०७३ साउन २३ गते २:२६ मा प्रकाशित
13963053_226963554370568_2903783924357730044_o
अगस्त ६ तारेख नेपाल डे फेस्टिबलको पहिलो दिनमा वर्ल्ड नेवा:अर्गनाईजेशन जापान द्वारा प्रस्तुत गरिएको नेवार भेष भुषा र सांस्कृतिक कार्यक्रम भब्य रुपमा सफल भएको छ l
13962880_226962367704020_3008334343697621553_o
लाखे ,झ्यालिंचा नाच,तायमचा नाच , नेवार बाजागाजा ,कुमारी तथा भेष भुषाको प्रस्तुतिले नेपालको इन्द्रजात्रा जस्तै भरपुर मनोरंजन दिलाएको थियो ।
13958172_226970374369886_2970520263171849657_o
अगस्त ६ तारेखमा सहभागी हुनु भएका सम्पूर्ण साथीहरुलाई धेरै धन्यवाद दिनुहुँदै आज नेपाल फेस्टिबलको अन्तिम दिन  पनि बिभिन्न कार्यक्रमहरुको प्रस्तुति हुने भएको हुनाले शिबुयाको योयोगी पार्कमा  भेला भई दिन वर्ल्ड नेवा: अर्गनाईजेसहन जापानकी प्रतिनिधि इन्दिरा सुजुकी राजभण्डारीज्युले अनुरोध गर्नु भएको छ l
13938193_226967634370160_1935467067470481659_o
उदघाटन पश्चात पहलो दिन लाखे ,झ्यालिंचा नाच ,कुमारी प्रदर्शन ,धिमे र भुस्या बाजा ,घुम्टे नौमतिबाजा को पन्चेबाजा,  बिभिन्न जातजातिको नाचहरु , एभेरेष्ट विधालयका विधार्थीहरूले नृत्य, एकल तथा समुह नृत्य, नमस्ते व्याण्डको सांगितिक प्रस्तुतिले भरपुर मनोरंजन दिएको थियो  ।
13925512_226966414370282_3779001301385468112_o

प्रतिक्रिया