अफगानिस्तानमा विदेशी पर्यटक माथि तालिवानी आक्रमण

इनेप्लिज २०७३ साउन २१ गते २२:५९ मा प्रकाशित

Herat

काबुल, असार २१,२०७३ । अफगानिस्तानको पश्चिमी शहर हेरात यात्रामा हिडेका एक दर्जन विदेशी पर्यटकहरु तालिवानी आक्रमणमा परेका छन् । अफगानिस्तानका सरकारी सेनाको संरक्षणमा भम्रण गर्न हिडेका पर्यटकहरु, राजधानी नजिकैको जिल्ला चिस्टी सरिफ सडक खण्डमा आंतककारीहरुले हमला गरेका थिए ।

यात्रामा रहेका पर्यटकहरु ८ बेलायती ३ अमेरिकन र १ जर्मनी रहेका थिए । अफगान सुरक्षाकर्मिका अनुसार विदेशी पर्यटकहरु केहि साधरण घाइते परेका कारण हेरातस्थित इटालियन सैनिक अस्पतालमा उपचार भईरहेको जनाए । घाइते पर्यटकहरुलाई काबुल अस्पताल चाडै लगिने उनले बताए । हेरात राज्यपालका प्रवता जलानी फरहादका अनुसार आंतककारीहरुले सानो हतियारले गोलि हाने पछि विस्फोटक पदार्थ विस्फोट गराएका थिए ।

H2

उक्त घटनाको बारेमा तालिवान संगठनका प्रवक्ता जबिउल्लाह मुजाहीदले हमलाको जिम्मेवार स्विकार गरेका छन् । अफगानिस्तानको मुख्य सडकहरु सर्वसाधरणहरुकालागि यात्रा गर्न धेरै खतरनाक मानिन्छ । आतंककारी तालिवानहरुले बाटोमै जघन्य अपराध र अपहरण जस्ता क्रियाकलाप सधै गरिरहेको सुरक्षामा खटिएका प्रहरी अबदुल खानले बताए ।

अफगानिस्तानको नाम नै सुन्दा भयानक द्वन्दले घेरिएको देश असुरक्षित भए पनि बर्षमा थोरै संख्यामा विदेशी पर्यटकहरु भ्रमण आइरहने परराष्ट्र मन्त्रालयकाले जनाएको छ । सानो समुहमा रहेका पर्यटकहरु बामियान प्रान्तस्थित अजङ्ग भगवान बुद्धको मुर्ति अवलोकन गर्न हिडेको विज्ञापित साइडले जनाएको छ ।
बामियान प्रान्तबाट हेरात सहरको यात्रामा सुन्दर दृश्य र ठाँउ ठाँउमा निलो तलाउहरुको मुख्य आर्कषणका कारण विदेशी पर्यटकहरु भ्रमणमा आउने स्थानियबासी जाबेद अब्दुलले बताए ।

प्रतिक्रिया