गीतकार भगीरथ दाहालको गीति एल्वम अनुकम्पा र गीति संग्रह आफ्ना पराया सार्वजनिक

इनेप्लिज २०७३ साउन २१ गते २२:४८ मा प्रकाशित

Bagiratha Daha1l

काठमाडौं÷गीतकार भगीरथ दाहालको एकल रचनामा रहेको आधुनिक गीति एल्वम ‘अनुकम्पा’ र उहाँद्धारा रचित गीति पुस्तक संग्रह ‘आफ्ना पराया’को चर्चित कलाकार मदनकृष्ण श्रेष्ठ, गायक रामेश श्रेष्ठ, गीतकार केशवराज राजभण्डारी, चर्चित संगीतकार राजु सिंहद्धारा लोकापर्ण सम्पन्न भएको छ । आधुनिक एल्वममा सुरेन्द्र श्रेष्ठको संगीतमा चर्चित गायक÷गायिका अन्जु पन्त, रामकृष्ण ढकाल, प्रमोद खरेल, बेनुका राई, दिपा महर्जन तथा सुरेन्द्र श्रेष्ठको स्वर रहेको छ । यस एल्वम अनुकम्पामा ६ वटा गीतहरु संग्रहित छन् । भने गीति संग्रहमा ७७ वटा गीतहरु रहेका छन् ।

Bagiratha Dahal

लोकापर्ण समारोहमा गायिकाद्धय बेनुका राई र दिपा महर्जनले गीत गाएका थिए । गायिका अन्जु पन्तको स्वरमा रहेको म रुँदा हास्ने बोलको गीतको भिडियो पनि सार्वजनिक गरिएको थियो । उक्त भिडियोमा सम्पदा बानिँया, राजेन्द्र लुईटेल, रवि सुवेदी, रामकृष्ण श्रेष्ठ आदिको अभिनय रहेको छ । सोनाम पाख्रिनको निर्देशनमा अमृत सुनुवारको छायांकन तथा प्रविन श्रेष्ठको सम्पादन रहेको छ । कार्यक्रममा बोल्दै वरिष्ठ गायक रामेश श्रेष्ठले गीतकार भगीरथ दाहाल विदेशमा बसेर पनि नेपाली संगीत प्रतिको मायालाई खुलेर प्रशंसा गरेका थिए । संगीतकार, गायक सबैको मेहनतले एउटा राम्रो एल्वम बनेकोमा खुसी व्यक्त गर्दै शुभकामना व्यक्त गरे । कार्यक्रमका प्रमुख अथिति मदनकृष्ण श्रेष्ठले अनुकम्पामा सबै प्रकारको गीत समेटेको र आफुलाई मन परेको एल्वम मध्यको एक भएको बताए । राम्रो सृजनालाई मिडियाले स्थान दिन आग्रह गर्दै रेडियोमा गीत बजाउँदा गीतकार, संगीतकारको नाम पनि प्रशारण गर्न अनुरोध गरे । चर्चित संगीतकार राजु सिंहले एउटा उत्कृष्ठ एल्वम बनेको बताए । एल्वमको हरेक पक्ष राम्रो भएको बताउँदै सबैको मेहनतको प्रशंसा गरेका थिए । एल्वममा नेपाली मौलिक पन पाएको बताउँदै सिंहले संगीतकार सुरेन्द्र श्रेष्ठको प्रशंसा एंव शुभकामना दिए । गीतकार तथा पूर्वनिर्वाचन आयुक्त केशवराज राजभण्डारीले गीति एल्वम तथा गीति संग्रहको सफलताको शुभकामना दिए । यस एल्वमको प्रस्तुतकर्ता भने अन्जु उप्रेति दाहाल रहेकी छन् । रंगीनसंसार डट कम तथा मूलधार साप्ताहिक मिडिया पार्टनर रहेको छ ।

प्रतिक्रिया