अगस्त ६ र ७ मा टोकियोको योयोगि पार्कमा हुने नेपाल डे फेस्टिभलमा लाखे र झ्यालिंचा नाचको बिशेष आकर्षण हुने

इनेप्लिज २०७३ साउन २० गते ७:१५ मा प्रकाशित

lakhe-nach

नेपाल सम्बत ११३६ अगस्त ४ ,टोकियो
https://www.facebook.com/wnojapan/

अगस्त ६ र ७ मा टोकियोको योयोगि पार्कमा हुने नेपाल डे फेस्टिभलमा लाखे र झ्यालिंचा नाचको बिशेष आकर्षण हुने

यहि आउँदो अगस्त ६ र ७ का दिन टोकियोको योयोगि पार्कमा हुने नेपाल डे फेस्टिभलमा लाखे र झ्यालिंचा नाचको बिशेष आकर्षण हुने भएको छ l13838559_1474466749246897_980001116_o

 

लाखे र झ्यालिंचा नाचमा मोहन महर्जन , जितेन्द्र महर्जन ,राम कृष्ण श्रेष्ठ ,सुनाकोठी महर्जनज्युले धिमे र भुस्या बाजा बजाउने भएको छ l

मोहन महर्जनज्युले हरेक बर्ष नेपाल डे फेस्टिबलमा धिमे बाजा बजाउँदै आएको र यसपालिको फेस्टिबलमा पहिलो पल्ट लाखे र झ्यालिंचा नाचमा धिमे बजाउन पाउँदा आफु अत्यन्त उत्साहित भैरहेको कुरा ब्यक्त गर्नु भएको छl

Nepal Day Festival Logo

लाखे र झ्यालिंचा नाचमा प्रकाश लाल श्रेष्ठ ,निलम श्रेष्ठ , सुबिन श्रेष्ठ र नरेन्द्र महर्जनज्युले प्रदर्शन गर्ने भएको छ l

त्यस्तै नेवार गीतको नृत्यमा रिया जोशी र टीना डंगोलले आफ्नो प्रतिभा प्रस्तुत गर्दैछ भने खिं बाजा प्रकाश लाल श्रेष्ठज्युले बजाउँदै हुनुहुन्छ l

13884324_1297562603594886_1164001691_n

धिमे बाजा ,भुस्या बाजा ,ढोलक ,खिं बाजा ,नेवार गहनाहरुको प्रदर्शन ,कुमारी देखाउने ,हाकु पतासि लगाउने केटीहरुको प्रदर्शन आदिले गर्दा यसपालिको फेस्टिबलमा नेवार भेषभुषा र बाजा गाजाले मज्जा चखाउने कुरा वर्ल्ड नेवा: अर्गनाइजेशन जापानकी सांस्कृतिक प्रतिनिधि इन्दिरा सुजुकी राजभण्डारीज्युले बताउनु भएको छ l

Mohan Maharjan

सबिता श्रेष्ठ र शर्मिला शाक्यज्युको बिशेष पहलमा हाकु पतासिको प्रदर्शन हुने भएको छ l

वर्ल्ड नेवा: अर्गनाईजेशन जापान र नेवा: अन्तर्रास्त्रिय फोरम जापानको सक्रियतामा नेपाल डे फेस्टिबलमा नेवार संस्कृति झल्कने कार्यक्रमहरु प्रस्त्तुत हुन् लागेको हो l

उक्त दिन आ-आफ्नो भेषभुषा,संस्कृति र पहिचान सहित कार्यक्रममा सहभागी हुन् हार्दिक अनुरोध गरिएको छ l

Sabita Shrestha

नयाँ डिजाइनको सिफन सारीको हाकु पतासि र टीसर्ट चाहिएमा
सम्पर्क : [email protected]
Tsubaki Garden ,Shibuya ,Tokyo.
Sharmila Shakya 070-1563-6144 (Soft Bank , Viber)
[email protected]

जोजोलपा पासापिं ,थ्व बुखँ यात नेपाल भाषा अनुवाद याना ग्वाहाली याना दीत इनाप याना च्वना l
सक्नेले सक्दो सहयोग गरि हाम्रो भाषा ,संस्कृति र आर्थिक उन्नति उत्थानको बाटोमा लाग्ने अभियानमा सहभागी बनौं l
‘तपाईको एक सहयोगी पाईला हाम्रो समाजको लागि बरदान हुन सक्छ ‘
हाम्रो कमि कमजोरलाई औंल्याई गाली होइन सुझाब र सहयोग गरि हौसला बढाई दिनुहुन हार्दिक अनुरोध गर्दछौं l
https://www.facebook.com/wnojapan/

https://www.youtube.com/watch?v=ue5ifwQYNvs

https://www.youtube.com/watch?v=e4lIEn-dl88

प्रतिक्रिया