पोर्तुगलमा रामकृष्ण ढकाल र हिमाल सागर सांस्कृतिक साँझ किन र कसका लागि ?

इनेप्लिज २०७३ साउन १९ गते १०:४३ मा प्रकाशित

ramkrishna

जब कि धुर्मुस सुन्तली फाउन्डेसनले लक्षित रकम संकलन भएकोले आर्थिक सहयोग लिन बन्द गरेको महिनौ भैसक्यो !!!!!!

नेपाल पोर्तुगल साहित्य कला सस्कृति तथा साहित्य संचार परिषद पोर्तुगलले धुर्मुस सुन्तली फाउन्डेसनको सहयोगार्थ भन्दै रामकृष्ण ढकाल तथा हिमाल सागर संस्कृतिक साँझ को आयोजना गर्दैछ, जबकि धुर्मुस सुन्तली फाउन्डेसनले १५ जुलाई मा एउटा “अत्यन्त जरुरी सूचना ” भनी सूचना प्रकाशित गर्दै लक्षित रकम संकलन भईसकेकोले आर्थिक संकलन बन्द गरिएको जनाएको छ।

त्यसपछिका दिनहरुमा फाउन्डेसनले सो सूचना बारम्बार प्रकाशित गर्दै आर्थिक सहयोग संकलन बन्द गरिएको जानकारी दिदै आईरहेको भएतापनि नेपाल पोर्तुगल साहित्य कला सस्कृति तथा साहित्य संचार परिषद पोर्तुगलले धुर्मुस सुन्तली फाउन्डेसनको सहयोगार्थ भन्दै सो संस्कृतिक कार्यक्रम गर्नुले अनेकौ प्रश्नहरु खडा गरेको छ।

पहिलो कुरा आयोजक संस्था र जसका लागि सहयोग भन्दै कार्यक्रम गरिदै छ, ति दुवै संस्थाहरुको बिचमा सहकार्य नहुनु, अनि जसका लागि सहयोग कार्यक्रम गरिदै छ, त्यो संस्थाको गतिविधिहरुको बारेमा सामान्य जानकार पनि नहुनु ??? बिदेशमा सहयोग को नाममा संचालन हुने यस्तै थुप्रै कार्यक्रम को बारेमा सोसियल अडिट हुन अपरिहार्य छ।

कार्यक्रम कसले आयोजना गर्दैछ ? कसका लागि ? किन? सम्बन्धित निकाय या संस्थाहरुको बिचमा उचित सहकार्य भएको छ कि छैन ? कार्यक्रम कस्तो रह्यो ? आर्थिक पारदर्शिता छ कि छैन ??? जबसम्म सामाजिक कार्य र समाजसेवा को नाममा हुने कुनै पनि कार्यक्रमको बारेमा सोसियल अडिट गरिदैन, तबसम्म ति कार्यक्रमहरुको उपयोगिता र औचित्य को बारेमा सधै नै प्रश्नहरु खडा भैरहन्छन।

अर्कोतिर चर्चित कलाकारहरुलाई समेत कार्यक्रम किन र कसका लागि गरिदैछ भन्ने सम्म पनि हेक्का नहुनुले कलाकारहरुले आयोजक र कार्यक्रमको उद्येश्यमाथि कुनै पनि चासो नभएर आर्थिक लाभ मात्रै हेरेको प्रस्टै देखिन्छ। यसरी कार्यक्रम गरेबाफत हुने आम्दानीको कलाकारहरुले नत नेपाल सरकारलाई आम्दानी बिवरण र कर नै बुझाउछन्, न त कार्यक्रम को आर्थिक पारदर्शिता नै हुन्छ।

अचेल युरोप र बिशेष गरि पोर्तुगलमा मा हुने हप्तैपिच्छे का संस्कृतिक कार्यक्रमहरु आयोजक र कलाकारका मागि खाने भाडो हुन् भन्दा फरक नपर्ला। अचम्म को कुरो, दैनिक १२ घण्टा काम गरेर मासिक जम्मा ५३० यूरो कमाउने अधिकांस नेपालीहरुले हप्तैपिच्छे हुने यी कार्यक्रमहरुको आर्थिक भार कसरी थेग्न सकेका होलान ????

नेपाली समुदायका अग्रणी संस्थाहरुका अध्यक्षहरु तथा अन्य पदाधिकारीहरुको फिलिपिनी किशोरिहरुसंगको यौन क्रियाकलापका भिडियोहरु सार्बजनिक हुनु, यिनीहरुबाट नै मानब तस्करी, श्रम शोषण, यौन शोषण, चरम यातना सोझा साझा नेपालीहरुले पाउनु, अनि मानब तस्करी को काण्डमा नेपालीहरु संलग्न बह्येको खबर पोर्तुगलको राष्ट्रिय टेलिभिजन बाट प्रशारण हुनुले पोर्तुगलभित्रको नेपाली समाजका “सामाजिक अभियन्ता ” हरुको असली कर्तुतको पर्दाफास भएको छ।

च्याउ झैँ उम्रेका संघसंस्थाहरु र सामाजिक अभियन्ताहरु जानीजानी अन्धो र बहिरो भईदिनाले पोर्तुगलको नेपाली समाजमा नेपालीहरुबाट नै नेपालीहरु ठगिने, लुटिने, यौन हिंसाको शिकार हुने, मानब तस्करीको शिकार हुने आदि घटनाहरु बढ्दै गएको पाईन्छ। यस्ता बिषयहरुमा सामाजिक संस्थाहरु र सामाजिक अभियन्ताहरुले बहस गरेको अहिलेसम्म नसुनिनुले सामाजिक संस्थाहरुको औचित्यमाथि पनि प्रश्नचिन्ह खडा भएको छ।

धुर्मुस सुन्तली फाउन्डेसनले आर्थिक सहयोग लिन बन्द गरेको खबर आफुहरुले कार्यक्रम सार्बजनिक गरिसकेपछि मात्रै थाहा भएको आयोजक संस्था नेपाल पोर्तुगल साहित्य कला सस्कृति तथा साहित्य संचार परिषद पोर्तुगलका अध्यक्ष जिके शर्माले भोइस अफ नेपाललाई बताउनुभयो।

भोइस अफ नेपालसगको कुराकानी पश्चात् अध्यक्ष शर्माले धुर्मुस सुन्तली फाउन्डेसन संग सम्पर्क गरेको र फाउन्डेसनले पोर्तुगलमा हुने सांसकृतिक कार्यक्रम बाट उठेको रकम सहयोगको रुपमा स्वीकार्ने सहमति भएको बताएका छन् भने अर्कोतिर भोइस अफ नेपालले धुर्मुस सुन्तली फाउन्डेसनसंग सिधै गरेको टेलिफोन सम्पर्कमा फाउन्डेसन ले आर्थिक सहयोग लिन बन्द गरेकोले सो कार्यक्रम नगर्न आग्रह गरेको छ।

हप्तैपिछे स्तरहीन र उद्येश्यहिन कार्यक्रम गर्नुभन्दा समयको अन्तरालमा स्तरिय र उपयोगी कार्यक्रम गर्नु र पोर्तुगलको नेपाली समाजका सामाजिक समस्याहरुमाथिको बहस चलाउनु आजको आवस्यकता हो।

यहाहरु पनि धुर्मुस सुन्तली फाउन्डेसन लाई सहयोग गर्न र हौसला बढाउन यहाँ सम्पर्क गर्न सक्नुहुन्छ।

https://www.facebook.com/dhurmusuntu/?fref=ts
[email protected]
Contact: 9803472476

प्रतिक्रिया