भाग्य र सपना -प्रकाश श्रेष्ठ 

इनेप्लिज २०७३ साउन १८ गते २३:१२ मा प्रकाशित
PRAKASH SHRESTHA
सपना र भाग्यमा बाँचेका मान्छेहरु
सपना नहुँदो हो त गन्तव्य बन्द हुँदो हो
भाग्यमा विश्वास नहुँदो हो त
भत्केका मनहरु जोडिने आधार नबन्धो हो
अफसोच सपना र भाग्य पुस्तौ बन्धक भए
हजुरबाले बाबुको भाग्य हेरे
बाबुले छोराको भाग्य
छोराले नातीको भाग्य
एवं रितले भाग्य हेर्ने क्रम चलिरहेछ
माझीले नदीको किनारामा बालुवामा भाग्य हेर्छ
किसानले आकाशमा, बर्षादमा भाग्य हेर्छ
विद्यार्थीले जाँचकीको मुडमा भाग्य हेर्छ
बेरोजगारले सरकारको बजेटमा भाग्य हेर्छ
समाजले नौजवानको पौरखमा भाग्य हेर्छ
सबैले हेर्दा हेर्दै भाग्य
भाग्य कर्म बनेर आउन नसकेर होला
कहिल्यै आएन भाग्य नेपालको
पुरा हुने भएन सपना कहिल्यै देशको
देश बनाउने सपनाको लिलामी चलेको सुनिन्छ
अक्सनमा गाडी किन्नेहरुको मोलमोलाई झै
देश बनाउने सपनाहरु मोलमोलाई धेरै भए
सपनाको एक हुल यादहरु पुरानो बाकसमा बन्द गर्दै
देश मान्छेहरुको लिलामी गर्न श्रम बजारमा ओर्लेको छ रे
खाडीका बालुवामा युवाको सपना लुकेको छ रे
अमेरिकाको टुईन टावरमा विज्ञहरुको सपना लुकेको छ रे
खै कतिपयको त प्राकृतिक विपत्तीमै सपना लुकेको छ रे
व्यापारिक मेला र सभा-सम्मेलनमा समेत सपना लुकेको छ रे
रातरात मिलिनियर बन्ने गोप्य सपना लुकेको छ रे
सपना खलबलाउन कोही बाधक नबन्न
दुई थान बोलपत्र खोलेका छन् रे
खै समाजसेवाको खोल ओडेर
सपनाको व्यापार गर्ने राष्ट्रसेवकहरु
भाग्यमा भविष्य देख्ने देशका ठेकेदारहरु
सपना र भाग्य हैन
कर्म गर्ने ठाउँ देउ, पाखुरी चलाउने व्यवस्था देउ
न कर्म गर्ने आधार दियौ न त जिउने उपाय
त्यसैले त एक हुल सपना साँचेर
विदेशी न बाध्य बनायौ
विदेशी नागरिक बन्न बाध्य बनायौ
आफ्नै जन्मभुमिमा शरणार्थी बन्ने वातावरण बनायौ
तिमी जस्ता सपना र भाग्यका व्यापारीलाई
आजीवन अनास्थाको साईनो जोड्न बाध्य बनायौ
के दोष थियो र सर्वसाधरणको
आफ्नै भुमिलाई बिर्सन बाध्य बनायौ
विदेशीको सेवा गर्न अन्जान मुलुकमा धाउन बाध्य बनायौ
रेमिटेन्समा देश सम्पन हुन्छ भन्दै
झुटको पुलिन्दा जनतामा बोकाएर
आफ्नो विलाशिताको अभिष्ठा पुरा गरायौ
धिक्कार छ तिमीहरु सब धर्तीका बोझहरुलाई
देश लुट्ने लुटाहा दानवहरुलाई !
(अमेरिका )

प्रतिक्रिया