काबुलमा तालिवान आत्मघातीको ट्रक विस्फोटन

इनेप्लिज २०७३ साउन १८ गते २३:०९ मा प्रकाशित

Kabul

काबुल, साउन १९,२०७३ । अफगानिस्तानको राजधानी काबुलमा तालिवान आतंककारी समुहले विदेशी ठेकेदार बस्ने उत्तरी गेटको होटलको परिधीमा भयानक विस्फोटन गराएका छन् ।

आतंककारीहरुले ट्रक भरी लादेर ल्याएका करिब १५सय केजिको विस्फोटन पदार्थ पड्कन साथ अन्य विद्रोही समुहले होटल भित्र प्रवेश गरी जताभावी गोलि चलाउदा दुई जना काबुल प्रहरी घाइते भएका छन् ।

काबुल प्रहरी प्रमुख अब्दुल रहमान राहिमीका अनुसार आतंककारी तालिवान ३ जना कार्वाहीमा मारिएको जानकारी गराएका छन् । होटलमा रहेका स्टीभ जोन्सले टेलिफोन मार्फत भने, होटल भित्र रहेका सवै विदेशी ठेकेदारहरु सुरक्षित रहेको छौ ।

उक्त भिड्न्तमा ट्रक विस्फोटन हुदा चालकको मृत्यु भएको मन्त्रालयका सहायक प्रवक्ता नाजिब दानिसले बताए । उक्त भयानक विस्फोटनले अफगानिस्तानको राजधानि पूर्वि काबुलनै हल्लाएको अनुभुती गरियो । विस्फोटन पछि पुर्णरुपमा विजुलीको प्रसारण केहि समय सम्म बन्द रहेको थियो । काबुलमा खटिएका एक गोर्खा सैनिकका अनुसार एन डि यस (गुप्तचार सुरक्षा फौज)ले भिड्न्तमा मारिएको बताउदै उनले भने, आतंककारी तालिवान समुहलाई हमला गर्न र होटलको सुरक्षा दिन तयारी रहेको समेत बताए ।

यो उत्तरी गेट होटल, काबुल अन्र्तराष्ट्रिय विमानस्थलबाट २ किलोमिटर उत्तर पूर्वि क्षेत्रमा रहेको छ । होटलको सुरक्षा पूर्व नेपाली सेना र भारतिय गोर्खा सैनिकहरुले सुरक्षा दिइरहेको सुरक्षाकर्मि चन्द्र श्रेष्ठले बताए । विदेशी ठेकेदारहरुको बसोबासका निम्ती बनाईएको यस होटलको वेभसाइटले जनाए अनुसार, तालिम प्राप्त कुकुरद्घारा विस्फोटन पर्दाथको मात्र थाहा पाउने सुरक्षा र होटल देखि विमानस्थल सम्म लैजाने ल्याउने व्यवस्था रहेको साइटले जनाएको छ ।

काबुल शहरमा अहिले सम्मकै अत्यधीक शक्तिशाली विस्फोटन रहेको र यो उनिहरुको युद्को एक अंश रहेको तलिवानका प्रवक्ता जविउल्लाह मुजाहीदले दावी गरेको छ ।

अफगानिस्तानका अधिकारीहरुले भने, जब उज्यालो भएपछि, प्रहरीहरुले यस उत्तरी गेटलाई जोड्ने सबै कच्ची तथा पक्की बाटोहरु बन्द गराएका थिए । राजधानी काबुलमा यस्ता विस्फोटन पदार्थ ल्याएर कसरी यो बाटो छिर्न सफल भयो भन्ने एउटा जटिल प्रश्न अझै शंकास्पद रहेको छ ।

प्रतिक्रिया