दुई बालकको पहलमा महा भूकम्पलाई सम्झिएर “सेकेन” बजारमा

इनेप्लिज २०७३ साउन १८ गते १०:४९ मा प्रकाशित

bimochan 4

महा  भूकम्प २०७२ बारे  २४ बाल बालिकाको सस्मरण  संगालो  “सेकेन” प्रकासित भएको छ | जर्मनीमा बस्ने नेपालीबालक अनुकृत लामिछाने र अमेरिकामा रहेका हिमांशु निभा कुवरको सक्रियता ,सम्पादनमा पुस्तक प्रकासित भएको हो | नेपाल बाहिरका ८ जना र नेपाल मा रहेका १६ बालबालिकाको सस्मरण समेटिएको छ | ठुला मान्छेहरुको सस्मरण अनुभबलाई धेरै पत्र पत्रिकाले स्थान दिएको तर बाल बालिकाको मनोभाब ,मनोविज्ञान तर्फ धेरै को ध्यान नगएको हुदा बाल बालिकाको सस्मरण लिएर आएको बताउछन |

bimochan 3

उक्त पुस्तक को लेखक बालबालिकाकै हातबाट सर्वनाम थिएटर मा लोकार्पण भयो | प्रकासक द्वय हिमांसु र अनुकृत  लगायत अन्य  लेखक बालबालिकाहरू अञ्चित ढुंगाना, अस्मिता भट्टराई, अवतार पाठक, चिराग तिमिल्सिना, महेश भट्टराई, नान्सी गुरागाइँ, प्रज्ञा बास्तोला, प्रज्ञा भण्डारी, सार्थक न्यौपाने, सुर्मा डंगोल, सुलेखा भण्डारी, श्रीजन आचार्य ले बिमोचन गरेका थिए |सोहि अबसरमा अञ्चित ढुंगाना, अस्मिता भट्टराई, अवतार पाठक, चिराग तिमिल्सिना,सार्थक नेउपानेले  भूकम्प बारे आफ्नो अनुभब  मौखिक रुपमा पनि व्यक्त  गरेका थिए |

bimochan 1

पुस्तकमा सल्लहाकार सम्पादक महेस पौडेल  , साहित्यकार  अशेस मल्ल,   नीलम कार्की निहारिका ,डा.  रबिन्द्र समिर ,हरिहर तिमिल्सिनाले  सुभकामना मन्तब्य   दिएका थिए |

bimochan 2

सम्पादक द्वय हिमांशु र अनुकृत ले अब आफुहरु बालबालिकाको रचनाको संगालो प्रकासित गर्ने कार्यलाई निरन्तरता दिदै अर्को बर्स बालबालिकाको कथाहरुको संगालो प्रकासन गर्ने योजना भएको हुदा बालबालिकालाई कथा लेखि पठाउनको लागि अनुरोध पनि गरेका छन् |आफनो  रचना  [email protected][email protected] इमेलमा  पठाउन सकिने बताएका छन |

प्रतिक्रिया