गजल आँसु झर्छ प्रिय

इनेप्लिज २०७३ साउन १६ गते ५:४२ मा प्रकाशित

6_Rakesh

नझारुँ भन्दा भन्दै जब आँसु झर्छ प्रिय

छाति चित्त सबै पो फाटे जस्तो गर्छ प्रिय

दु:ख्दै दु:ख्दै बगेर झर्दै झर्दै मिठा याद

खोल्सो खहरे हुँदै समुद्र नै भर्छ प्रिय

आँसु ढिका ढिकामा यसो ऐना हेर्दै आफ्नो

त्यही प्रतिबिम्बले रुन्चे हाँसो छर्छ प्रिय

गुमे पछि संगैका पाईलाका दुई डोब

एक्लो पाईला अगाडि कसोगरी सर्छ प्रिय

ढाकिएर फैलिँदै गड्याङ गुडुङ कालो मेघ

खुसी उडाई पानी दर्किएर पर्छ प्रिय

विश्वासको आधारलाई च्याम्पट्टी झैँ घुमाएर

चित् खुवाई कसैले किन सुख हर्छ प्रिय

प्रतिक्रिया