त्रिवेणी साहित्य संगम ओल्र्याण्डो को ३० औं श्रृखला तथा पाठशालाको छैठौं साधारण सभा सम्पन्न

इनेप्लिज २०७३ साउन १६ गते ४:२६ मा प्रकाशित

blob

ओल्र्याण्डो, फ्लोरिडा July 27, 2015,
नेपाली भाषा, साहित्य र संस्कृतिको संरक्षण र संबद्र्धन हेतू विश्वभर विस्तारित अन्र्तराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को अमेरिका अन्र्तगत फ्लोरिडा च्याप्टरले २०३ औं भानु जयन्तिको अवसरमा गत आईतवार (सन् २०१६ जुलाई २४) का दिन ओल्र्याण्डो स्थित मानव धर्म आश्रममा नेपाली पाठशाला ओल्र्याण्डोकोे छैठौं साधारण सभा तथा अभिभावक दिवश, NCCO त्रिवेणी साहित्य संगमको ३० औं श्रृखला तथा हाईस्कुल उर्तिण विद्यार्थीलाई सम्मान गरि भव्य समारोहका विच सम्पन्न गरेको छ । अनेसास फ्लोरिडा च्याप्टरका अध्यक्ष मिना शाक्य प्रधानको सभापतित्वमा आयोजीत उक्त कार्यक्रममा ज्बचखबचम ग्लष्खभचकष्तथ का पुर्व प्राध्यापक तथा साहित्यिक व्यक्तित्य डा. शिव गौतमले आदिकवि भानुभक्त आचार्यको तस्विरमा माल्र्यापण र कलात्मक पानसमा दिप प्रज्वलन गरि समुद्घाटन गर्नु भएको थियो ।

unnamed

आदिकवि आचार्यको जीवनी र वहाँले नेपाली समुदायलाई दिनुभएको साहित्यिक कृतिहरु माथि विशेष छलफल र पाठशालाका वालवालिकाहरुबाट सांस्कृतिक नृत्य तथा प्रतिभा प्रस्तुत गरिएको थियो । कार्यक्रम संयोजक विकाश देवकोटाले स्वागत मन्तव्य राख्नुभएको उक्त कार्यक्रममा नासा, फ्लोरिडा राज्यको नेपाली संस्था Harvard University का अध्यक्षत्रय क्रमशः विमल नेपाल, रामशरण थापा, र धनमान थापा सहित आश्रमका योगवाई र आनन्दमार्गका VSS CS आ. अनुध्यानानन्द अवधुत समेत ले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।

blob (2)
ज्यक्सनभिल, ट्याम्पा, वेष्ट पाल्म विच र ओल्र्याण्डो वरपरका साहित्यिक उपाशकहरुको राम्रो उपस्थिति रहेको उक्त कार्यक्रममा शाखाको वार्षिक प्रतिवेदन महासचिव निजानन्द मल्ल प्रस्तुत गर्नुभएको थियो भने पाठशालाको गतिविधी र संचालन प्रकृयाबारे आरति राई ले प्रकाश पार्नु भएको थियो । पाठशालाका विद्यार्थीहरुले नेपाल र अमेरिकाको राष्ट्रिय गान सामूहिक रुपमा गाइ शुरु गरिएको उक्त कार्यक्रममा स्वजल श्रेष्ठ, स्वजन श्रेष्ठ, कुशल ढकाल, दिया, कृषा, सोफया, धनिषा, ब्रिजला लगाएतका भाइवहिनीहरुले नृत्य, गायन एवं आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए । साथै यसै पाठशालामा नेपाली भाषा अध्यनमा संलग्न र यसै वर्ष स्थानिय Winter Park High School बाट आफ्नो पढाई उर्तिण गरेकि विजीता देवकोटा लाई उक्त कार्यक्रममा सम्मान गरिएको थियो । साथै भानुभक्त आचार्यको तस्विर चित्र प्रतियोगितामा प्रथम, द्धितिय र तृतिय हुने क्रमशः स्वजन, कुशल र स्वजललाई प्रमुख अतिथिको हाजबाट प्रमाणपत्र सहित पुरस्कृत गरिएको थियो ।

त्रिवेणी साहित्य संगमको ३० औं श्रृंखला समेत रहेको उक्त कार्यक्रममा विनु पाठह, राज क्रमश, डा. नेत्र खनाल, सृजना नेपाल, विकाश देवकोटा, मिना शाक्य प्रधान र डा. शिव गौतमले कविता पाठ गर्नुभएको थियो भने देवराईद्वारा मिठो बाँसुरीको धुन प्रस्तुत भएको थियो । कार्यक्रममा अभिभावकको तर्फबाट इन्द्रमणि चौलागाई र घनश्याम गौतम ले भानुभक्तको श्लोक, वहाँको योगदना को बारेमा चर्चा गर्नुका साथै प्रवाशमा समेत नेपाली भाषा, संस्कृतिको विषयमा कार्यक्रम भएको देख्दा खुशी व्यक्त गर्नु भएको थियो ।
समारोहको अन्तमा पाठशालाका विद्यार्थीहरुले आफ्ना अभिभावकको सम्मानार्थ टीका लगाई माल्र्यापण गरेका थिए । महासचिवले उद्घोषण गर्नुभएको उक्त समारोहमा अध्यक्ष्यज्यूले सहभागी सबैलाई धन्यवाद ज्ञापन गर्दै समारोहको विधिवत समाप्ती भएको घोषणा गर्नुभएको थियो भने कार्यक्रमको समाप्ती साथै सहभागीहरुले पटलक पार्टिमा सहभागी भई कार्यक्रमलाई सफल पार्न सहयोग गर्नु भएको थियो ।

प्रतिक्रिया