बिस्वासको संकटले घुडा टेकेपछि !!

इनेप्लिज २०७३ साउन ७ गते १:५३ मा प्रकाशित

ram-chandra-sharma-300x275-1

 

बादर नाच नचाउनेको  आंट थरि थरि

सिंगो देश निल्न खोज्ने छांट थरि थरि

.

राजनीति चर्नेहरु तिर्खा मेट्न जाने

दक्षिण र उत्तरको घाट थरि  थरि

.

होड चल्छ बाजी लाग्छ दाह्री जुँगा बिक्छ

मदारीको  आवाजमा  हाट  थरि थरि

.

हार जीत मल्ल युद्ध मैदान रे  देश

विपक्षीको  थकाइ मार्ने खाट थरि थरि

.

बिस्वासको  संकटले घुडा  टेकेपछि

आक्रोशको भीड रोक्न ढाँट थरि थरि

प्रतिक्रिया