त्यो पागल बन्यो,
मेरो निमित्त, मेरा आफन्तका निमित्त,
तिम्रो र तिम्रा आफन्तका निमित्त,
बनायौं तिमीले मैले,
हामी सबैले उसलाई,
एक लहडी पागल,
ऊ बौलायो अनि,
होमियो निशस्त्र रण भुमिमा,
सत्य र न्यायका अश्त्रलिएर,
अनवरत लडिरह्यो,
निशब्द लडिरह्यो,
कहिले हाँसेर लड्यो, रोएर लड्यो,
नाचेरलड्यो उ बाँचेर लड्यो,
कहिले खायर लड्यो,
कहिले भोक भोकै लड्यो,
छोडेन समर,
छोडेन रणभूमि,
कहिले दैलेख र जाजरकोटमा लड्यो,
भुजमा त कहिले हैटिमा लड्यो,
र गर्यो पागलले,
मन अर्पण, तन अर्पण…
यो जिवन अर्पण…
स्वप्न अर्पण, स्वेद अर्पण…
जिवनको क्षण क्षण अर्पण….
अनि बन्यो एक लहडि
एक बौलाहा,
एक पागल……
प्रतिक्रिया