काठमाडौं/बुद्ध,मि एण्ड नेपालले देशको ७५ वटै जिल्लामा १०० फिट भन्दा अग्लो मुर्ति र सोही स्थानमा बुद्ध शिक्षालय स्थापना गर्ने निकै महत्वपूर्ण योजनाका साथ अघि बढेको छ । संस्थाले भूकम्पबाट सबैभन्दा प्रभावित जिल्ला सिन्धुपाल्चोकमा १०० फिट अग्लो बुद्धको मुर्ति र शिक्षालयको स्थापनाका निमित्ति नेपालका चर्चित कालाकारहरुका साथ वृहत सांस्कृतिक कार्यक्रम गर्ने भएको छ । यहि श्रावण १४ गते राजधानीको कमलादीमा रहेको प्रज्ञा भवनमा उक्त सांस्कृतिक कार्यक्रम हुने आयोजक संस्थाले जनाएको छ ।
उक्त सांस्कृतिक कार्यक्रममा चर्चित हास्य कलाकारहरु किरण के.सी, शिवहरि पौड्याल, दिपकराज गिरी, दिपाश्री निरौला, मनोज आचार्य, सबिता गुरुङ्ग, सुरेन्द्र के.सी., शिव शंकर रिजाल, गायक राजेश पायल राइ, नायक सुशिल क्षेत्री, चर्चित हास्य कलाकार विल्सन विक्रम राई, गायिकाहरु कोमल वली, मिलन अमात्य, सुनिता दुलाल, गायक डिजराज पौडेल, चर्चित निर्देशक तथा मोडल शंकर वि.सी, र मोडल पार्वती राई, अभिनेत्री जेनी कुंवर लगायत अन्य कलाकारहरुको साथमा मनोरञ्जन कार्यक्रम हुने बुद्ध,मि एण्ड नेपालद्धारा जारी विज्ञप्तीमा जनाईको छ । कार्यक्रम बेलुका ५ बजे हुने र यस कार्यमा सबैलाई सहयोग गर्न पनि आयोजक संस्थाले अपिल गरेको छ ।
प्रतिक्रिया