टोरोन्टोमा पहिलो उत्तर अमेरिकाली काव्य संगम हुने

इनेप्लिज २०७३ साउन ५ गते १०:३२ मा प्रकाशित

नेपाली साहित्य समाज, क्यानाडाको आयोजनामा अगस्त २० का दिन पहिलो उत्तर अमेरिका काव्य संगम कार्यक्रम टोरोन्टोमा आयोजना हुने भएको छ । २००४ देखि निरन्तर साहित्यिक कार्यक्रमको आयोजना तथा साहित्यिक प्रकाशन गर्दै आएको नेपाली साहित्य समाज, क्यानाडाले पहिलोपटक उत्तर अमेरिकाका काव्यकारहरुको भेला गराउने जमर्को गरेको छ । गोर्खा प्यालेस, मिसिसाँगा  कार्यक्रम स्थल रहेको यस कार्यक्रममा वाचन गरिएका कव्य रचनाहरुको समीक्षासमेत गरिने व्यवस्था रहेको छ ।

 काव्य गोष्ठीमा वाचन गरिएका काव्य रचनाहरुको संकलन गरेर समाजबाट प्रकाशन गरिने छ । अगस्त २० मा आयोजना गरिने यस गोष्ठीमा अमेरिका र क्यानाडाका काव्यात्मक गतिविधिका बारेमा चर्चा समेत गरिने छ । त्यस्तै अगस्त २१ मा एन.सि.सि.एस. (नेपाली क्यानेडियन कम्युनिटी सर्भिसेस)  २००६ देखि आयोजना गर्दै आएको हिमालयन मेलाका सहभागीता रहने छ । टोरोन्टोको मुटुमा रहेको सिटी सेन्टरको खुला मञ्चमा आयोजना हुने हिमालयन मेलामा नेपालीमय बनाउन नेपाली परिकारका पसलहरुका साथै दिनभरी सांस्कृतिक कार्यक्रमको आयोजना हुने गर्दछ । यस उत्तर अमेरिका काव्य संगममा अमेरिकाका विभिन्न राज्यबाट साहित्यकारहरुको उपस्थिति रहने छ ।

प्रतिक्रिया